Comments Add Comment

होम आइसोलेसन

List Grid
झापाका ९५ प्रतिशत संक्रमित घरमै, होम आइसोलेसनमै जान्छ ज्यान

१० असार, झापा । दमक नगरपालिका-१० का ६५ वर्षीय व्यक्तिलाई २६ जेठमा कोरोना भाइरसको संक्रमण देखियो । सामान्य लक्षण त थिए, तर उनी अस्पताल गएनन् । होम आइसोलेसनमै बसिरहेका बेला उनलाई फोक्सो सम्बन्धी समस्याले च्याप्दै गयो। वडा सदस्य बोधराज न्यौपाने भन्छन्, ‘उहाँले मदिरा पनि सेवन गर्नुहुन्थ्यो, समस्या भएपछि पनि अस्पताल जानु भएनछ ।’ आइसोलेसनमै बसेका […]

होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झर्‍यो

१८ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या ९७ हजारमा झरेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १ लाख ८ हजार ६२६ जनासम्म पुगेकोमा मंगलबार ९७ हजार ७०४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । होम आइसोलेसनमा बस्नेको संख्या जेठ १३ गते हालसम्मकै बढी १ लाख ८ हजार ६२६ […]

तल गोठ, माथि मान्छे : एउटै कोठामा केको आइसोलेसन ?

६ जेठ, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका ४ सानागाउँका महेश बिक (नाम परिवर्तन) १५ दिनदेखि घरमै होम आइसोलेसनमा छन् । वैशाख २७ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएदेखि नै उनी होम आइसोलेसनमा बसेका हुन् । मापदण्डको पालना गरेरै होम आइसोलेसनमा बसे पनि उनका परिवारका दुई सदस्यलाई […]

होम आइसोलेसनमा न चिकित्सकको सल्लाह, न शव व्यवस्थापन

४ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका–८ का ५० वर्षीय पुरुष स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २० गते उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगे । चिकित्सकको सल्लाहअनुसार कोरोना परीक्षण गराएका उनमा ३ दिनपछि रिपोर्ट पोजेटिभ आयो । त्यसपछि होम आइसोलेसनमा बसेका उनलाई वैशाख २५ गते राति एक्कासी श्वासप्रश्वासमा समस्या देखियो र घरमै मृत्यु भयो । आफन्तले मृत्यु […]

तिलगंगामा चिकित्सकीय सेवासहितको होम आइसोलेसन सेवा

३ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगामा क्षेत्र नं ४ का स्थानीय संक्रमितको लागि चिकित्सकीय सेवा सहित संयुक्त आइसोलेसन सेवा सुरु भएको छ । सो क्षेत्रका प्रतिनिधि सभा सांसद गगन थापाको पहल एवं स्थानीय वडा र स्थानीय संघसंस्थाको सहयोगमा होम आइसोलेसन सेवा सुरु गरिएको सांसद थापाले जानकारी दिए । तिलगंगाको विजय चोकमा रहेको प्यारागन पब्लिक स्कुलको […]

होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघ्यो

२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७७१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् । […]

चितवनको खैरहनीका कोराना संक्रमितलाई घरघरमै औषधि

२८ वैशाख, चितवन । होम आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितलाई चितवनको खैरहनी नगरपालिकाले घरमै औषधि पुर्‍याउने व्यवस्था मिलाएको छ । संक्रमण देखिएकाहरुमा रोग प्रतिरोधी क्षमता बढाउने आवश्यक औषधि उनीहरुको घरसम्म पुर्‍याउन थालिएको नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाको वडा नम्बर १ र ८ भित्र रहेका संक्रमितहरूलाई सम्बन्धित वडा कार्यालयले स्वास्थ्यसंस्थामार्फत औषधि घरमै पुर्‍याएको स्वास्थ्य शाखा […]

गाह्रो हुँदा बेड पाइएन, मृत्युपछि १९ घण्टासम्म शव उठेन

२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका भक्तपुरको लोकन्थलीका भरत खरेल (४०) को वैशाख २४ गते साँझ ५ बजे निधन भयो । अक्सिजन सपोर्टमा रहेका उनलाई गाह्रो भएपछि परिवारले २३ गतेबाटै अस्पतालमा लैजान चाहेको थियो । अधिकांश अस्पताल संक्रमितले भरिएका बेला भनेको बेला कहाँ बेड पाउनु ? खरेलका भिनाजु वरिष्ठ अधिवक्ता कुमार […]

३० हजार संक्रमित होम आइसोलेसनमा, एक कल फोन गर्ने कोही छैन

१६ वैशाख, काठमाडौं । नखिपोट, ललितपुरकी उषा राई कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेको तीन दिन भयो । उनलाई ज्वरो आउनुका साथै खोकी लाग्ने, घाँटी देख्ने, आँखा पोल्ने, शरीर दुख्ने जस्ता समस्या देखिएको छ । गत वर्ष पनि उनलाई कोरोना संक्रमण भएको थियो । त्यसबेला संक्रमित भएको २४ घण्टाभित्रै महानगरपालिका र वडा कार्यलयले फोन गरेर स्वास्थ्य […]

कोरोना भाइरस: घरमा बसेरै कसरी चाँडो निको हुने ?

कोरोना भाइरसको दोस्रो लहरले देशमा एकपटक फेरि तहल्का पिटेको छ । एक्सपर्छ भन्छन् कि कोरोना भाइरसबाट संक्रमित मान्छेमा यात हल्का लक्षण देखिन्छ या त फेरि एसिप्टोमेटिक हुन्छ । यदि तपाईंको शरीरमा समेत कोरोनाको संकेत देखिएको छ भने केही कुरामा विशेष ध्यान दिनुपर्छ । जसले हाम्रो आफ्नो मात्रै होइन अरूको समेत ज्यान बचाउन सकिन्छ । लक्षण […]

होम आइसोलेसनमा बस्नेले खाना र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने कुराहरू

मुलुकमा कोरोना अनियन्त्रित हुँदैछ । दैनिक हजारबढी संक्रमितको संख्या थपिएसँगै सरकारले समेत केही गतिविधिमा प्रतिबन्धात्मक व्यवस्था सुरु गरेको छ । संक्रमितको लागि स्वास्थ्य संस्थामा क्षमता अभावको विषयमा चर्चा सुरु हुन थालेको छ । गत वर्षजस्तै यो वर्ष पनि अस्पतालको अभावले होम आइसोलेसनमा बस्नु पर्ने अवस्था देखिएको छ । तर घरमा नै आइसोलेसनमा बस्ने बिरामीहरूले कस्तो […]

लक्षण देखिँदा पनि कोरोना परीक्षण नगर्नु घातक

३ मंसिर, काठमाडौं । सोमबार राति १० बजेतिर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा.अनुप बास्तोलालाई अपरिचित नम्बरबाट फोन आयो–४०/४५ वर्षको सिकिस्त बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ । एम्बुलेन्स पाइँदैन, अस्पतालसम्म कसरी ल्याउनू ? काठमाडौंमै भएर पनि बिरामीलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाएको फोनकर्ताको गुनासो थियो । डा. बास्तोलाले सोधे–कोरोना परीक्षण गराउनु भएको छ ? […]

होम आइसोलेशनमा बसेकाको उपचार टेलिमेडिसिन प्रविधिबाट !

२६ कात्तिक, काठमाडौं । सरकारले होम आइसोलेसनमा रहेका कोभिड–१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले बुधबार सूचना प्रकाशन गरी होम आइसोलेसनमा रहेका सङ्क्रमितका लागि सेवा सञ्चालन गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको हो । नेपालमा अहिलेसम्म २८ हजार […]

होम आइसोलेसनमा बस्नेहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई

१९ कात्तिक, काठमाडौं । सरकारले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. […]

पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

१५ कात्तिक, चितवन । होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार वहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए । उनकाअनुसार दुवै जनाको सुरक्षा […]

दाङको लमहीमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

४ कात्तिक, दाङ । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो । उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना […]

होम आइसोलेसनमा बसेकी महिलाको मृत्यु

१२ असोज, काठमाडौं । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेकी जाजरकोटकी एक महिलाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटकी ७६ वर्षीय महिलाको स्वास्थ्यमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहोलपुर लैजाने क्रममा सोमबार मृत्यु भएको हो । कोरोना संक्रमण भएको आशंकामा असोज ५ गते शिक्षण अस्पतालमै पीसीआर जाँच गराउँदा ६ गते कोरोना संक्रमण पुष्टि […]

होम आइसोलेसनमा कोरोना संक्रमित महिलाको मृत्यु

२८ भदौ, चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको हो । हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।  

होम आइसोलेसनमा कसरी बस्ने ? परिवारको भूमिका के हुन्छ ?

नेपालमा अहिले कोभिड-१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ । उक्लँदो संक्रमणको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालको बेडहरु भरिँदैछन् । अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसनमा रहन सक्ने मापदण्ड लागू भएको छ । महामारी जन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन । […]

बृद्ध र दीर्घरोगीलाई होम आइसोलेसनमा राख्नु घातक

घटना १ : होम आइसोलेसनमा बसेका काठमाडौं-१ नक्सालका ८९ वर्षीया महिलाको मंगलबार निधन भयो । १३ भदौमा संक्रमण पुष्टि भएका उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । घटना २ : भदौ १४ गते होम आइसोलेसनमै बसेका बेला भक्तपुर-१ का ६५ वर्षीय पुरुषको मृत्यु भयो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए, हात काम्ने […]

भक्तपुरका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

  १४ भदौ, काठमाडौं । भक्तपुरका एक कोरोना भाइरस (कोभिड-१९) संक्रमितको होम आइसोलेसनमै  मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको आइतबार विहान मृत्यु भएको हो । अर्का संक्रमितको कट्याक ट्रेसिङमा परेका उनलाई पनि संक्रमण भएको ९ भदौमा पुष्टि भएको थियो । तर ११ गते मात्र आफूलाई जानकारी आएपछि परिवारसँग सम्पर्क गरेको वडाध्यक्ष […]