Comments Add Comment

अनलाइनखबर एनसेल नेटवर्कमा निःशुल्क, यसरी गर्नुहोस् एक्टिभेट

mobileदेशकै नम्बर एक न्यूज पोर्टल अनलाइनखबर डटकम अब नेपालका एनसेल प्रयोगकर्ताले निःशुल्क ब्राउज गर्न पाउने छन् ।

एनसेलले कात्तिक २६ गतेदेखि सुरु गरेको ‘न्यूजप्याक’ अफर अन्तर्गत एनसेल इन्टरनेट प्रयोगकर्ताले सून्य ब्यालेन्समा पनि अनलाइनखबर डटकमकम खोलेर देश बिदेशका ताजा सामाचारसाग जोडिन सक्नेछन्

त्यसका लागि एनसेल इन्टरनेट डाटा प्रयोगकर्ताले न्यूजप्याक सेवा एक्टिभेट गर्नुपर्छ ।  यदि तपाई एनसेल इन्टरनेट प्रयोग गरी अनलाइनखबर ब्राउज गर्नुभएको छ भने अनलाइनखबरको सवैभन्दा माथि Free Onlinekhabar access by Ncell भन्ने ब्यानर देख्नुहुनेछ, त्यहाँ क्लिक गरेपछि तपाई एनसेलको ncell sansar पेजमा पुग्नुहुनेछ । कुनैपनि ब्राउजरमार्फत् सिधै  www.ncellsansar.com.np  खोलेर न्यूजप्याक आइकन क्लिक गरेर पनि तपाई सोही पेजमा पुग्न सक्नुहुनेछ ।

अब त्यहाँ रहेको न्यूजप्याक आइकन क्लिक गरेपछि निःशुल्क हेर्न पाइने साइटको सूची आउने छ, त्यसको अन्तिममा रहेको Activate for Free  icon बटन क्लिक गर्नुहोस् । अब तपाईको एनसेल इन्टरनेटमा न्यूजप्याक एक्टिभेट भयो । तपाईं सिधै redirect.ncell.com.np/newspack  क्लिक गरेर पनि न्यूजप्याक एक्टिभेट गर्न सक्नुहुन्छ ।

न्यूजप्याक एक्टिभेट भएपछि एनसेलबाट तपाईको मोबाइलमा सो सेवा एक्टिभेट भएको म्यासेज आउने छ ।

एनसेल इन्टरनेट नेटवर्कबाट www.ncellsansar.com.np  ब्राउज गर्दासमेत पैसा लाग्दैन । अर्थात तपाईले यो सेवा निःशुल्क एक्टिभेट गर्न सक्नुहुन्छ ।

न्यूजप्याक एक्टिभेट नगरी अनलाइनखबर ब्राउज गरेमा एनसेलको नियमित डाटा शुल्क लाग्नेछ । अनलाइनखबरमा रहेका बाहिरी लिङ्क, बिज्ञापन र भिडियो लिङ्क क्लिक गर्दा एनसेलको नियमित डाटा शुल्क लागू हुनेछ । पैसा लाग्ने लिंक क्लिक गर्दा तपाईले यसबारे सूचना देख्न सक्नुहुन्छ ।

यदि तपाई शुल्क तिरेरै यस्ता लिंक खोल्न चाहनुहुन्छ भने ‘एसेप्ट’ बटन क्लिक गरी अघि बढ्न सक्नुहुन्छ । पैसा तिरेर हेर्न नचाहेमा ‘गो ब्याक’ बटन क्लिक गरी अनलाइनखबरमै फर्किन सकिने छ ।

यदि तपाईले मोबाइलमा डाटा कम खपत गर्ने ‘प्रोक्सी ब्राउजर’ प्रयोग गर्नुभएको छ भने यो अफर लागू हुँदैन् । ओपेरा मिनीको भर्सन ४ भन्दा पछिल्ला भर्सनको ब्राउजरमा भने यसले काम गर्छ ।

न्यूजप्याक एक्टिभेट गरेपछि अनलाइनखबरको एन्ड्रोइड मोबाइल एप्समार्फत् समाचार पढ्दा पनि तपाईले निःशुल्क पाउनुहुनेछ ।

थप जानकारीका लागि तपाईले अनलाइनखबरको ट्वीटर वा फेसबुक पेजमा अनलाइनखबरलाई मेन्सन गरी जिज्ञासा राख्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment