Comments Add Comment

मधेसीहरु बजेट सुनेर खुशी हुनुपर्छ : रामचन्द्र पौडेल

३० असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बजेट भाषण सुनेर मधेसी नेताहरु खुशी भएको हनुपर्ने बताएका छन्  ।
Ramchandra-Paudel,-RSS
‘हुलाकी राजमार्ग सरकारले आफैं बनाउने घोषणा गरेको छ, सरकारले मधेसको विकासलाई प्राथमिकतामा राखेको छ,’ व्यवस्थापिका संसदमा बजेटबारे बोल्दै नेता पौडेलले भने,’ बजेट सुनेर मधेसवादी साथीहरु खुशी हुनुभएको छ भन्ने मैले महसुस गरेको छु ।’

नेता पौडेलले हरेक वस्तीमा एउटा पोखरी र एउटा चौतारी हुनैपर्ने बताए । ‘यो नेपाली सभ्यता पनि हो ।’ उनले भने । नेता पौडेलले कृषियोग्य जमिन मासेर शहर बनाउन नहुने बताएका छन् ।

‘मधेसमा १० वटा शहर बनाउने घोषणा गरिएको छ । कहाँ-कहाँ बनाउने हो थप अध्ययन गर्नुपर्ला ।’ पौडेलले भने- कृषियोज्य जमिन मासेर शहर बनाउने सरकारी योजना व्यवहारिक देखिएन ।

भू-उपयोग नीतिको कुरा गर्ने सरकारले उर्बर भूमि मासेर शहर बनाउने घोषाण करेक्सन गर्नुपर्ने उनको भनाइ छ । बजेटले विपन्न वर्ग, दलित र पिछडिएको वर्गलाई उल्लेख्य सम्बोधन गरेको र लोककल्याणकारी बजेट ल्याएकोमा अर्थमन्त्री महतलाई पौडेलले बधाई दिए । त्यस्तै, यो बजेटले कृषि क्रान्तिको बाटो खोलेको उनले बताए ।

जग्गा दर्ता गर्ने अड्डा खारेज गरे हुन्छ

देशभित्र रहेका जग्गा व्यक्तिको नभई राज्यको भएको बताएका छन् । पौडेलले भने -व्यक्तिका नाममा जग्गा दर्ता गर्ने अड्डा नै खारेज गर्नुपर्छ । राज्यले चाहेका बेला जुनसुकै जमिन उपयोग गर्न पाउनुपर्छ ।’

त्यसैगरी, लामो समयदेखि कायम रहेको अस्थायी शिक्षकको समस्या यो बजेटले समाधान गर्न घोषणा गरेको उनको भनाइ छ ।

‘अस्थायी शिक्षकलाई इन्सेभ्न्टिभ दिएर बिदा गर्ने घोषणा गरिएको छ । यो अत्यन्तै सकारात्मक कुरा हो ।’ उनले भने- यसको कार्यान्वयनले गुणस्तरीय शिक्षक छनोटमा उल्लेख्य भूमिका खेल्छ ।’

उनले जनशक्ति विकासको कुरा पनि यहाँ छ । तर, युवाहरु आश्वस्त छैनन् उनले भने । दक्षता विकासको महाअभियान नै सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । अर्थमन्त्रीले बजेट खर्च गर्ने अख्तियारी साउनदेखि नै दिने घोषणा स्वागतयोग्य भएको पौडेलले बताए ।  जवाफदेही कानून बन्नुपर्ने उनले बताए । ठेक्का दिने र लिनेले कामको जवाफदेहिता हुनुपर्ने उनको धारणा थियो ।

‘खर्च गर्न नसक्ने बजेट अर्कोतिर सार्दा त्यस क्षेत्रका जनता दण्डित हुन्छन् । जनतालाई दण्डित दिने होइन काम नगर्नेलाई दण्डित गर्ने हो ।’ उनले भने ।

बजेट तराईको हितमा छैन : बृजेशकुमार

यसैवीच तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बृजेशकुमार गुप्ताले नयाँ बजेट तराईको हितमा नभएको बताएका छन् ।

‘बजेट आएपछि केही साथीहरुले यो तराईलाई त मालामाल भयो भन्ने प्रतिक्रिया दिए ।’ नयाँ बजेटबारे बुधरबार संसदमा बोल्दै गुप्ताले भने- ‘मैले त यो बजेट तराईको हकमा देखेको छैन ।’

अहिलेको बजेटले सपना देखाउने काम गरेको उनले आरोप लगाए ।

विगतका बजेटमा साधारण खर्च कम र विकास खर्च बढी हुने गरेको तर आजकाल साधारण खर्च बढी र विकास खर्च कम भएको उनको भनाइ छ । उनले भने- ‘यस्तै प्रवृत्तिले नेपाललाई विकसित मुलुकतिर लैजान्छु भन्ने सपना मात्रै हो ।’

बजेटका बारेमा सत्ता साझेदार एमालेका नेताले संसदमा गरेको टिप्पणीले जनतालाई निराश बनाएको गुप्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment