Comments Add Comment

कोशी तरेर नआउन सिटौला र ओलीलाई कांग्रेस सभासदको चेतावनी

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभासद केशव वुढाथोकीले झापा, मोरङ र सुनसरीलाई पहाडबाट अलग गरे कोशी तरेर नआउन केपी ओली र कृष्ण सिटौलालाई चेतावनी दिएका छन् ।

Keshav-Budathoki८ प्रदेशमा सहमति गरेका दलहरुबीच जनताको राय अनुसारे सीमांकनमा सहमतिको प्रयास भइरहेको छ । तर, झापा, मोरङ र सुनसरी र कैलाली कञ्चनपुरलाई कसरी मिलाउने भन्नेमा विवाद अल्झिएको छ ।

एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले पनि झापा, मोरङ र सुनसरीलाई पहाडमा राख्नु पर्ने तथा मधेस केन्द्रीय दलहरुले मधेसमा बन्ने प्रदशेमा हुनु पर्ने बताउँदै आएका छन् ।

एमाओवादीले आसपासका जिल्ला मिलाएर आठौं प्रदेश बनाउने विकल्प दिएको छ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले झापा, मोरङ सुनसरीमा सिरहा, सप्तरी, उपयपुर थपेर छुट्टै प्रदेश बनाउन सकिने सार्वजनिक गरेका छन् ।

तर, झापा ५ का सभासद वुढाथोकीले पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा तीन जिल्लालाई पहाडबाट अलग नगर्न चेतावनी दिएका हुन् । मस्दौया समितिका सभापति समेत रहेका महामन्त्री कृष्ण सिटौलाई लक्षित गर्दै वुढाथोकीले भने-झापा मोरङ, सुनसरीलाई पहाडसँग छुटाउने कोशिस गर्नु भो भो नतिजा राम्रो हुँदैन ।’

पार्टीका १० जिल्लाका २४ सभासदले लिखित रुपमा आफ्नो सुझाव दिइसकेको भन्दै उनले त्यस विपरित गए सिटौला र केपी ओलीलाई कोशी तरेर आउन नदिने चेतावनी समेत दिएका छन् । ‘कोही प्रधाानमन्त्री हुने कष्टमा हामीलाई सेलआउट गर्न भएन’ सभासद बुढाथोकीले भने-हामीसँग कोही जोडिन्छ भने स्वागत छ । केही आपत्ति छैन । तर, संस्कृति, बसोबास, नाता सम्वन्ध हरेक कारणले हामी पहाडबाट अलग हुन सक्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment