Comments Add Comment

थारु आन्दोलनलाई बाबुरामको समर्थन, अखण्डको विरोध

Baburam Bhattrai

२५ साउन, काठमाडौं । संवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले थारु समुदायले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । तर, अखण्डका नाममा भइरहेको आन्दोलन भने अनुचित भएको डा. भट्टराईले बताएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले भने-‘कैलाली जहाँ ४ लाख बढी थारुहरु छन्, त्यसलाई बलजफ्ती थारु बाहुल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ ।’

सकेसम्म कञ्चनपुरसहित र नभए पनि कैलालीको थारु बाहुल्य क्षेत्रलाई बर्दियाँसँग मिसाउनुपर्ने बताउँदै उनले भने- ‘कैलाली कञ्चनपुरलाई थारु बाहुल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर अर्को प्रदेशमा राख्ने भन्ने कुरा सर्वथा अन्यायपूर्ण छ ।’ उनले अघि भने-‘यसका निम्ति त्यहाँका जनताले गर्ने आन्दोलनमा हाम्रो पूर्ण साथ हुन्छ ।’

पश्चिमका केही नेताहरुको अत्यन्त संकीर्ण चिन्तन र स्वार्थका कारणले कैलाली र कञ्चनपुर ६ नम्बरको प्रदेशमा हुन पुगेको उनले बताए ।

मगरातमा रहनुपर्ने कतिपय क्षेत्र अन्यत्र रहनु पनि गल्ती नै भएको भन्दै सम्वाद समितिका सभापति भट्टराईले यसलाई सच्याउनु पर्ने धारणा राखे ।

सम्वाद समितिले संविधानसभामा पेश गरेको परिर्माजित मस्यौदामा शीर्ष नेताहरुको विशेष समितिलाई निरन्तरता दिने व्यवस्था गरिएको भन्दै उनले भने- ‘अहिले पनि जनताका जायज मागहरुलाई सुनेर सच्याउने ठाउँ छ । त्यसरी गर्नु नै उपयुक्त हुन्छ ।’

अखण्डको आन्दोलन अनुचित

एमाओवादी नेता भट्टराईले अखण्डका नाममा भइरहेको आन्दोलन भने अनुचित भएको बताए । ‘अहिले आएर कतिपय फलानो अञ्चल अखण्ड हुनुपर्छ भनेको पञ्चायती व्यवस्थालाई नै निरन्तरता दिनुपर्छ भने जस्तै हो’ उनले भने-‘यो हास्यापद कुरा भएको छ, यो अनुचित छ ।’

भिडियो 

अखण्डका नाममा भएको आन्दोलनमा माओवादी नेता कार्यकर्ताको समेत सहभागिता भएको देख्दा आफूलाई लज्जाबोध भएको उनले बताए ।

‘कतिपयले एउटाले अखण्ड भन्यो भनेर लहैलहैमा लागेर पनि भनेका छन् तर, यसका पछाडि अत्यन्त प्रतिक्रान्तिकारी, यथास्थितिवादी उद्देश्य लुकेको छ’ उनले भने-‘हाम्रै कतिपय साथीहरुले जानेर वा नजारेर अखण्डताको कुरा गर्नु अत्यन्त दुःखद भएको छ । र, एक ढंगले लज्जाबोध पनि भएको छ ।’

प्रतिक्रान्तिकारी चलखेल

एमाओवादी नेता भट्टराईले जनताले अग्रगमनका लागि गरेको आन्दोलनलाई प्रतिगमनकारी, प्रतिक्रान्तिकारी शक्तिहरुले गलत उद्देश्यका लागि प्रयोग गर्ने खतरा रहेको बताए ।

उनले भने-‘पञ्चायतकालीन प्रशासनिक इकाइहरुलाई अखण्ड मानेर अखण्डताको आन्दोलन देशैभरि चर्काउने र त्यसभित्र धर्मको आगो भित्रभित्रै सल्काउने र कतिपयले पृथकतावादी आगो पनि त्यही झोस्ने प्रयत्न गरिँदैछ । यसतर्फ हामी सचेत हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment