Comments Add Comment

कांग्रेसका मधेसी नेताहरुले भने-दुई दिन अपुग छ, लम्बयाएर भएपनि वार्ता गर्नुस्

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिसहितका धनुषाका तीन सभासदले प्रधानमन्त्रीलाई भेटेर लचिलो भएर वार्ता गर्न आग्रह गरेका छन् ।

Bimalendra-Nidhiप्रधानमन्त्रीलाई भेट्न भौतिक पूर्वाधारमन्त्री निधिसँगै कांग्रेस संगठन विभाग प्रमुख आनन्द ढुंगाना र सभासद रामकृष्ण यादव बालुवाटार पुगेका थिए ।

भेटमा नेताहरुले आन्दोलनकारीसँग वार्ता गरेर समस्याको समाधान खोज्न आग्रह गरेका छन् । कांग्रेस सभासद यादवले अनलाइनखबरसँग भने-‘दुई दिनको समय अपुग छ । यसलाई लम्बयाएर जति सकिन्छ लचिलो भएर वार्ता गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं ।’

कांग्रेसका नेताहरुले प्रहरीले टोउको र छातीमा तोकेर गोली हानेको गुनासोहरु आइरहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।

‘समग्र मधेसको परिस्थिति राम्रो छैन । जिल्लामा जनतालाई गोली लागेको छ । यो परिस्थितिमा वार्ताबाटै समस्या समाधान गर्नुपर्छ भनेर हामीले भनेका छौं’ कांग्रेस नेता आनन्द ढुंगानाले अनलाइनखबरसँग भने ।

जवाफमा प्रधानमन्त्री कोइरालाले वार्ताका लागि आफूले पहल गरिरहेको बताएका छन् । ढांगानाले भने-प्रधानमन्त्रीले हामीले पनि वार्ताको पहल गरिरहेका छौं । त्यही भएर तीन दलले हिजो निर्णय गरेको भन्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment