Comments Add Comment

एमाओवादीले सरकारलाई भन्यो-सेना परिचालन फिर्ता गर

prachanda-baburam-Narayan-kaji

२६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले आन्दोलनमा दमन बन्द गर्न र सेना परिचालन फिर्ता लिन सरकारसँग माग गरेको छ ।

शनिबार बसेको एमाओवादी संसदीय दलको आकस्मिक बैठकले आन्दोलनको राजनीतिक समाधान खोज्न आग्रह गरेको छ । साथै प्रक्रिया रोक्ने निर्णयको सदुपयोग गर्दैउ वार्तामा बस्न र सम्वादबाट समाधान खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

जनताको अधिकार प्राप्तीको लागि भएका आन्दोलनमा राज्यवाट दमन भएको र जथाभावि गोलि हानिएको एमाओवादीको आरोप छ । बैठकको निर्णयमा भनिएको छ-‘सरकारलाई दमन बन्द गर्न, सेना परिचालन फिर्ता गर्न र समस्याको राजनैतिक समाधान खोज्न आग्रह गर्दछौ । घाइतेको उपचारको विशेष व्यवस्था गर्न माग गर्दछौं ।’

आन्दोलनकारीहरुवाट कतिपय ठाँउमा भएका नृशंस व्यवहार, सुरक्षाकर्मीको हत्या र एम्वुलेन्स जस्ता अत्यावस्यकीय सेवाका साधनहरु अवरोध भएको भन्दै एमाओवादीले भत्र्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment