Comments Add Comment

भारतले सीमामा रोक्यो तेल बोकेका नेपाली ट्यांकर

रविन्द्र घिमिरे

Tranker oil

५ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियालाई लिएर बेखुसी देखिएको भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट पट्रोलियम पदार्थ बोकेका नेपाली ट्यांकरलाई रोकिएका छन् ।

रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न दिएन । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।

यसअघि भारतले सोमबार साँझ विज्ञप्ति जारी गर्दै तराईमा भएको आन्दोलन सुल्झाएन आग्रह गरेको थियो । साथै उसले सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत गरेको थियो ।

नेपाल आयल निगम उच्चस्रोतका अनुसार भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्यांकरलाई भन्सारबाट छुटाउन नमानेका हुन् । निगमका उच्च अधिकारीले अनलाइनखबरसँग भने-‘माथिको निर्देशन भन्दै ट्यांकरहरु रोकेका छन् । भन्सारका अधिकारीले माथिल्लो निकायले निर्देशन दिए मात्र ट्यांकर छुट्ने जानकारी दिएका छन् ।’

रक्सौलमा इन्धन भरेर आयल निगमका २७ वटा ट्यांकर हिजो नै भन्सारमा आइपुगेका छन् । नियमका अधिकारी भने-‘झण्डै ४० किलोमिटरको सवारी जाम पार गरेर भन्सारमा आइपुगेका ट्यांकर छुटाउन आनाकानी भएको छ । पोलिटिकल इन्ट्रेस्टले काम गरेको हो कि भन्ने देखिन्छ ।’

भारतमा रोकिएका ट्यांकरहरु छुटाउन आयल निगमका अधिकारी भन्सारमा पुगेका छन् । ‘दिउँसो २ बजेसम्म छुट्न सक्छ’ उनले भने-‘हामी पनि पहल गरिरहेका छौं । अहिले नै ठूलो आशंका गर्नुपर्ने अवस्था छैन् ।’

यो पनि पढ्नुस् 

भारतले नाकाबन्दी लगायो भने विकल्प के छन् ?

भारतको अर्को बक्तब्य-हाम्रो सल्लाह मानेको भए यस्तो अबस्था आउने थिएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment