Comments Add Comment

क्लासिक र प्रेमगीतको चर्को भिडन्त, ‘पशुपति प्रसाद र कबड्डी कबड्डी’ पनि कम छैनन्

'एनएफडीसी पुरस्कार'को मनोनयन सन्तोषजनक देखियो

nfdc award manonayan (5)
‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ का लागि उत्कृष्ट ५ को नाम सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा विभिन्न १७ विधाको उत्कृष्ट ५ को नाम सार्वजनिक गरिएको हो ।

विभिन्न चर्चित चलचित्रकर्मीको नामबाट यो अवार्ड वितरण हुँदै आएको छ । यो बर्षको अवार्ड समारोहमा ‘प्रेमगीत र क्लासिक’ हाबी देखिएका छन् । यसपछि, ‘पशुपतिप्रसाद, कबड्डी कबड्डी, वडा नम्बर ६’ पनि अवार्डको प्रतिस्पर्धामा छन् ।
nfdc award manonayan (2) nfdc award manonayan (6)
‘हिरा’ सर्वोत्कृष्ट चलचित्रको विधामा ‘क्लासिक, कबड्डी कबड्डी, पशुपतिप्रसाद, प्रेमगीत र वडा नम्बर ६’ विच प्रतिस्पर्धा हुने भएको छ । ‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशकको विधामा भने दिनेश राउत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, सुदर्शन थापा, उज्ज्वल घिमिरेविच प्रतिस्पर्धा हुने भएको छ ।

‘शिव’सर्वोत्कृष्ट अभिनेता’को विधामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, प्रदिप खड्का र सौगात मल्ल मनोनयनमा परेका छन् । ‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्रीको विधामा केकी अधिकारी, मेनुका प्रधान, नम्रता श्रेष्ठ, पि्रयंका कार्की, पुजा शर्मा मनोनयनमा परेका छन् ।

प्रमाणपत्र वितरण समारोहमा कलाकारको उपस्थिती भने कमजोर थियो । यस अगाडि आयोजना भएका अवार्ड र नोमिनेशनलाई लिएर चर्को आलोचना भैरहँदा ‘एनएफडीसी अवार्ड’ भने धेरै हदसम्म निष्पक्ष देखिएको छ । यो बर्ष आयोजना भएका अवार्डको उत्कृष्ट ५ को मनोनयनमा नपरेकी ‘रेशम फिलिली’की नायिका मेनुका प्रधान यो अवार्डमा पनि प्रतिस्पर्धी बनेकी छिन् ।
nfdc award manonayan (1) nfdc award manonayan (4)
अवार्ड पनि निष्पक्ष शैलीमा वितरण भएको खण्डमा ‘एनएफडीसी पुरस्कार’ विवादबाट बच्न सक्ने देखिएको छ । विभिन्न १७ विधामा उत्कृष्ट ५ मा पर्न सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ:

१ “हिरा” सर्वोत्कृष्ट चलचित्र, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ क्लासिक – सुवास इन्टरटेनमेण्ट र आर्यन सिग्देल इन्टरटेनमेण्ट

 २ कबड्डी कबड्डी – व्ल्याक हर्ष पिक्चर्स र अ सिनेमा आर्टस् प्रोडक्सन्

३ पशुपतिप्रसाद – टुकी आर्टस् र दिपेन्द्र के. खनाल प्रोडक्सन

 ४ प्रेमगीत – आसुसेन फिल्मस् प्रोडक्सन

 ५ वडा नम्बर ६ – आमा सरस्वती गितादेवी फिल्मस्

२ “प्रकाश” सर्वोत्कृष्ट निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ दिनेश राउत – क्लासिक

२ दिपेन्द्र के. खनाल – पशुपतिप्रसाद

३ रामबाबु गुरुङ – कबड्डी कबड्डी

४ सुदर्शन थापा – प्रेमगीत

५ उज्ज्वल घिमिरे – वडा नम्बर ६

३ “शिव” सर्वोत्कृष्ट अभिनेता, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ आर्यन सिग्देल – क्लासिक

२ दयाहाङ राई – कबड्डी कबड्डी

३ खगेन्द्र लामिछाने – पशुपतिप्रसाद

४ प्रदीप खड्का – प्रेमगीत

५ सौगात मल्ल – फन्को

४ “भुवन” सर्वोत्कृष्ट अभिनेत्री, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ केकी अधिकारी – भागसानी भाग

२ मेनुका प्रधान – रेशम फिलिली

३ नम्रता श्रेष्ठ – क्लासिक

४ प्रियंका कार्की – वडा नम्बर ६

५ पुजा शर्मा – प्रेमगीत

५ “नीर” सर्वोत्कृष्ट सहअभिनेता, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ विपिन कार्की – पशुपतिप्रसाद

२ कामेश्वर चौराशिया – रेशम फिलिली

३ नाजिर हुसेन – होस्टेल रिटर्न्स

४ प्रमोद अग्रहरी – चंखे, शंखे, पंखे

५ शिशिर भण्डारी – लभ सब

६ “वसुन्धरा” सर्वोत्कृष्ट सहअभिनेत्री, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ अशिश्मा नकर्मी – अधकट्टी

२ दीपाश्री निरौला – वडा नम्बर ६

३ रोमीवानी घिमिरे – क्लासिक

४ सुरविना कार्की – सुश्री

५ स्वस्तीमा खड्का – होस्टेल रिटर्न्स

७ “विश्व” सर्वोत्कृष्ट नवअभिनेता, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ आमेश भण्डारी – फूलै फूलको मौसम तिमीलाई

२ पल शाह – नाइ न भन्नु ल ४

३ प्रदीप बास्तोला – अधकट्टी

४ शुशिल श्रेष्ठ – होस्टेल रिटन्सर्् ल्ँब्ण्घद्ध

५ शुशिल सिटौला – होस्टेल रिटर्न्स

८ “चैत्य” सर्वोत्कृष्ट नवअभिनेत्री, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ आशिका तामाङ – सुश्री

२ वर्षा राउत – काफल पाक्यो

३ वर्षा राउत – नाइ न भन्नु ल ४

४ सामराज्ञी राज्यलक्ष्मी शाह – ड्रिम्स

५ शशी श्रेष्ठ – होस्टेल रिटर्न्स

९ “चेतन” सर्वोत्कृष्ट लेखन, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ छेतन गुरुङ – क्लासिक

२ खगेन्द्र लामिछाने – पशुपतिप्रसाद

३ रामशरण पाठक – प्रेमगीत

४ सामिप्यराज तिमिल्सेना – ड्रिम्स

५ उपेन्द सुव्वा र रामबाबु गुरुङ – कबड्डी कबड्डी

१० “मञ्जु” सर्वोत्कृष्ट छायाँकार, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ मानकृष्ण महर्जन – फूलैफूलको मौसम तिमीलाई

२ पुरुषोत्तम प्रधान र सञ्जय लामा – ड्रिम्स

३ राजेश श्रेष्ठ – क्लासिक

४ राजेश श्रेष्ठ – प्रेमगीत ढ

५ शैलेन्द्रध्वज कार्की – कबड्डी कबड्डी

११ “तुलसी” सर्वोत्कृष्ट सम्पादक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ बनिष शाह र मिलन श्रेष्ठ – ड्रिम्स

२ दिर्घ खड्का – पशुपतिप्रसाद

३ निमेष श्रेष्ठ – कबड्डी कबड्डी

४ सुरेन्द्र पौडेल – क्लासिक

५ सुरेन्द्र पौडेल – प्रेमगीत

१२ “भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ अष्ट महर्जन – आबेग

२ चन्द्र पन्त – ड्रिम्स

३ हिमाल केसी – भैरव

४ हिमाल केसी – लुटेरा

५ एनबी महर्जन – फूलैफूलको मौसम तिमीलाई

१३ “प्रदीप” सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ डिजे एलएक्स – अधकट्टी

२ दीप तुलाधर – आबेग

३ मुकेश शाह – भैरव

४ सुनयमान श्रेष्ठ – वडा नम्बर ६

५ उत्तम न्यौपाने – पशुपतिप्रसाद

१४ “शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ एलिस कार्की – प्रेमगीत

२ जेशन कुँवर र निरज शाक्य – पशुपतिप्रसाद

३ रोहित शाक्य – कबड्डी कबड्डी

१ शैलेश श्रेष्ठ – ड्रिम्स

३ शैलेश श्रेष्ठ र रोहित शाक्य – क्लासिक

१५ “वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ कविराज गहतराज – व्लाष्ट हुने वाला – लुटेरा

२ कविराज गहतराज – म के भनु – ड्रिम्स

३ रामजी लामिछाने – फूलै फूलको मौसम – फूलै फूलको मौसम तिमीलाई

४ रेनाशा राई – म यस्तो गीत गाउँछु – प्रेमगीत

५ शंकर बिसी – सुर्के थैली खोई – वडा नम्बर ६

१६ “उदित” सर्वोत्कृट पाश्र्व गायन, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ अञ्जु पन्त – सुर्के थैली खोई – वडा नम्बर ६

२ सोमिया बराइली – पिरतीको छाता – रेशम फिलिली

३ सुगम पोखरेल – म यस्तो गीत – प्रेमगीत

४ स्वरुपराज आचार्य – म त अलपत्र पर्छु – प्रेमगीत

५ युवराज चौलागाई – हाँरे हाँरे – क्लासिक

१७ “शम्भुजीत” सर्वोत्कृष्ट संगीतकार, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार

१ अर्जुन पोखरेल – म यस्तो गीत गाँउछु – प्रेमगीत

२ बसन्त सापकोटा – माग्ने बनायौ – नाइ न भन्नु ल ४

३ कालिप्रसाद बासकोटा – पिरतीको छाता – रेशम फिलिली

४ राजनराज शिवाकोटी – सुर्के थैली खोई – वडा नम्बर ६

 ५ तारा प्रकाश लिम्बु – सुनौलो हरदिन – क्लासिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment