+
+

रामेश्वर खनाल कांग्रेस प्रवेश गर्दा बाबुराम दुःखी

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते १४:५६

११ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आफूलाई मन पर्ने प्रशासक रामेश्वर खनाल नेपाली कांग्रेस प्रवेश गरेकोमा दुःख लागेको बताउनु भएको छ ।

baburamभट्टराईले ट्वीटरमार्फत कांग्रेस दृष्टिकोणविहीन र पुरानो पार्टी भन्दै खनाल त्यस्तो पार्टीमा गएको दुःख मनाउ गर्नु भएको हो । उहाँले व्यक्तिगत रुपमा खनालको राम्रो होस भनेर समेत कामना गर्नु भएको छ ।

आफू अर्थमन्त्री हुँदा अर्थसचिव रहेका खनाललाई भट्टराईले प्रधानमन्त्री भएपछि आर्थिक सल्लाहकार बनाउनु भएको थियो । खनाल सोमबार कांग्रेस प्रवेश गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?