+
+

आज बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १४ गते ४:१३

१४ भदौ, काठमाण्डौं । आज बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । बेपत्ता नागरिकको अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकार संघसंस्थाको पहलमा कार्यक्रमको आयोजना गरिएको छ ।

बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै सरकारलाई दवाव दिने उदेश्यका साथ यो दिवस मनाउन लागेको आयोजकहरुको भनाई छ ।

१० बर्षे सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाहरु स्थिति सार्वजनिक गर्न माग गर्दै बेपत्ता पारिएकाहरुको परिवार र मानवअधिकारवादी संघ संस्थाले कार्यक्रम गर्दै छन् । लामो समयसम्म पनि उनीहरुको अवस्था सार्वजनिक नगरिएको भन्दै परिवारले आक्रोश पोखेका छन् ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादी र सरकार एकहजार एकसय ६२ जना नागरिक बेपत्ता भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?