तीज पर्व नजिकिदै जाँदा नायक राजेश हमाल पनि मस्त बन्दै गएका छन् । हालै मात्र सुनिता दुलालको एक तीजको गीतमा मोडलिङ गरेका हमाललाई यतिले मात्र पुगेको छैन । यसैले पनि उनी तीजको गीतमा नाच्नको लागि यसपटक मुम्बई पुग्ने भएका छन् ।
जनचेतना सरोकार मञ्चले भारतका विभिन्न शहरहरुमा आयोजना गर्न लागेको तीज विशेष कार्यक्रममा सहभागी हुन हमाल त्यता जाने भएका हुन् । सेम्टेम्बर ७ तारिखबाट सुरु हुन लागेको यो कार्यक्रममा हमालसँगै विभिन्न चर्चित कलाकार मुम्बई पुग्ने आयोजक प्रेम बीकले जानकारी दिएका छन् ।
भारतमा रहेका प्रवासी नेपालीहरुसँगै तीज मनाउन उनी मुम्बई जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4