+
+

चीनमा फेसबुक खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ११ गते १७:०५

विश्वको एक नम्बरको सोसल साइट फेसबुकमाथि लगाउँदै आएको बन्देजलाई चीनले केही हदसम्म खुकुलो बनाएको छ । यो हप्तादेखि चीनले देशका केही क्षेत्रमा फेसबुक, टि्वटर तथा अन्य राजनीतिक रुपमा संवेदनशील समाचार साइटहरु खुल्ला गरेपछि फेसबुकले चीनमा पुनः प्रवेश पाएको हो ।

facebook

सन् २००९ को दंगापछि चीनमा फेसबुक तथा टि्वटरको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो र सरकारले फेसबुक टि्वटर बन्द गराएको थियो । त्यस्तै तत्कालिन प्रधानमन्त्री बेन जियाबाओको विषयमा छापिएको विवादास्पद खबरका कारण चीन सरकारले देशभर अमेरिकी समाचार साइट न्युयोर्क टाइम्समा समेत प्रतिबन्ध लगाएको थियो । तर यस्तो बन्देजलाई खुकुलो पार्दै चीनले सांघाइको स्वतन्त्र व्यापार क्षेत्रभित्र काम गर्ने तथा बस्ने मानिसहरुका लागि मात्र फेसबुक तथा टि्वटर लगायतका इन्टरनेट साइट फुकुवा गरेको छ । यसरी फेसबुक फुकुवा भएको क्षेत्र १७ वर्ग माइल छ ।

साथै चीन सरकारले उक्त क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्नका लागि विदेशी कम्पनीको बोलपत्र समेत आह्वान गरेको बताइएको छ । सांघाइको विशाल स्वतन्त्र व्यापार क्षेत्र चीनको वैदेशिक व्यापार तथा अन्तराष्ट्रिय लगानी आकर्षणका लागि लक्षित गर्दै निर्माण गरिएको हो, जुन सेप्टेम्बर २९ बाट औपचारिक रुपमा संचालनमा आउँदैछ । विदेशीहरुलाई आफ्नै देशमा भएको अनुभुति दिलाउनका लागि सांघाइ स्वतन्त्र व्यापार क्षेत्रभित्र इन्टरनेटको सहज पहुँच उपलब्ध गराइएको सरकारी श्रोतलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चीनको पछिल्लो कदमप्रति खुसी व्यक्त गर्दै फेसबुकका प्रमुख मार्क जुकरवर्गले यस्तो कदमले विश्वलाई जोड्ने फेसबुके अभियानमा सघाउ पुग्ने बताएका छन् । यो महिनाको सुरुमा फेसबुकका प्रमुख कार्यकारी शेरिल स्याण्डवर्गले चिनिया स्टेट काउन्सिल सूचना कार्यलयका प्रमुखलाई भेटेर चिनमा फेसबुमाथिको प्रतिबन्धका विषयमा चासो व्यक्त गरेकी थिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?