+
+

सहमति भए संविधानसभामा जान्छौँ : गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १२ गते १७:५२

१२ मंसिर, भक्तपुर । नेकपा-माओवादीका सचिव देव गुरुङले संविधानसभा निर्वाचनमा जित्ने ठूला दल सहमतिमा जान चाहे आफ्नो पार्टी पनि संविधानसभामा जानसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले बुधवार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा उहाँले राष्ट्रिय स्वाधीनता प्राप्त उपलब्धिलाई रक्षा गर्नेगरी नयाँ शिराबाट सहमति गरे आफूहरू संविधानसभामा जान तयार रहेको बताउनुभयो ।dev-gurung

उहाँले भन्नुभयो, “यथास्थितिमा परिवर्तन गर्दै नयाँ शिराबाट सहमतिको निकास प्रमुख दलले दिनुपर्छ, सहमति पद प्रतिष्ठा र पैसासँग नभइ सैद्धान्तिक राजनीतिक र राष्ट्रिय मुद्दामा हुनुपर्छ, यसो भएमा नेकपा-माओवादी पनि संविधानसभामा भाग लिनसक्छ ।” अहिलेकै प्रक्रियाबाट गए राजनीतिक निकास सम्भव नभएको भन्दै गुरुङले नेकपा-माओवादी सहमतिका बाधक भने नभएको स्पष्ट पार्नुभयो । राष्ट्रिय सहमतिको विकल्प नभएकामा जोड दिँदै उहाँले राष्ट्रिय स्वाधीनता र जन-जीविकाको मुद्दा लिएर आˆनो दलले संवादको ढोकालाई सधैँ खुला राखेको प्रष्ट पार्नुभयो ।

आत्मसमर्पणवादी चिन्तन त्यागेर दलले सहमतिको बाटो तय गर्नुपर्नेमा जोड दिँदै उहाँले माओवादीलाई सहमतिको बाधक देख्नु दलको कमजोरी भएको बताउनुभयो । एमाओवादी लचिलो भएर आए कार्यगत एकता गर्न सकिने सम्भावना आँैल्याउँदै नेता गुरुङले फेरि पनि एमाओवादी नेपाली काँग्रेस र एमालेको पुच्छर बन्यो भने सहकार्य हुन नसक्ने बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?