+
+

काठमाडौं संसारमै तेस्रो उत्कृष्ट र एसियाकै एकमात्र पर्यटन गन्तव्य

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २० गते ७:४५

२० मंसिर, काठमाडौं । संसारका उत्कृष्ट १० उदीयमान पर्यटन गन्तव्यको सूचीमा काठमाण्डौं तेस्रो स्थानमा परेको छ ।

संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ले पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा काठमाडौंलाई उक्त स्थानमा राखेको हो । काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाकै एकमात्र गन्तव्य हो । एसियाबाट काठमाडौंसँगै जापानको साप्पोरो र भियतनामको हनोई मात्र परेका छन् । सूचीको पहिलो स्थानमा क्युवाको हवाना र दोस्रोमा कोस्टारिकाको ला फोर्चुना डे सान कार्लोस छ ।

panorama-kathmanduट्रिप एडभाइजरले लाखौं पर्यटकको छनोटका आधारमा संसारका उद्यमान १० गन्तव्य सूची सार्वजनिक गरेको नागरिक दैनिकमा खबर छ । ‘टि्रप एडभाइजरको उत्कृष्ट उदीयमान गन्तव्यको सूचीमा काठमाडौं पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचारप्रसार महाशाखा प्रमुख (निर्देशक) हिक्मतसिंह ऐरले भने,’यसबाट आशालाग्दो प्रभाव देखिने निश्चित छ ।’ यही सूचीलाई केन्द्रमा राखेर प्रचारप्रसारलाई तीब्रता दिइने उनको भनाई छ ।

‘संसारका ठूला टुर अपरेटरले यो सूचीलाई आफ्ना ‘ब्रोसर’ मा राख्ने भएकाले यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्छ,’ उनले भने, ‘त्यही अनुसार सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रले हातेमालो गर्दै गए हाम्रो पर्यटन उद्योगले छलाङ मार्नेमा कुनै शंका छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?