रवि रोषी
दोहा । कतारका राजपरिवार सदस्य तथा अरब मुलका पहिलो कतारी सगरमाथा आरोही राजकुमार शेख अब्दुल्लाह विन अल थानी कतारस्थित नेपाली राजदूतावासको नियोगका द्धितिय सचिव गणेश ढकाल कार्यक्रमको सन्दर्भमा नेपाली नियोगमा विशेष भेटघाट कार्यक्रम सम्पन्न भयो । सो भेटघाट क्रममा राजपरिवार सदस्य तथा सगरमाथा आरोही शेख अब्दुल्लाह विन अल थानीले सगरमाथा चढ्दाको अनुभव र मनोरम प्राकृतिक देशको धनी नेपाल र नेपालीहरुको खुलेर प्रशंशा गर्नुभयो ।
नेपाल जानुको पहिलो लक्ष्य सगरमाथा चढ्नु रहेपनि मलाई नेपालका विभिन्न कुराहरुले धेरै आकषिर्त गरायो । द्धितिय सचिव ढकालसंग पहिलो कतारी सगरमाथा आरोही अलथानीले आफ्नो अनुभव बाँड्दै भन्नुभयो । साँच्चै नेपाल आफुले सोचे भन्दा धेरै नै सुन्दर र नेपालीहरुको आफु प्रतिको व्यवहार अति नै उच्च पाएँ । यस अघि अन्य हिमालय श्रंृखलाहरु चढ्न जाँदाको क्षणमा अन्य देशका सहयोगी नागरिकहरुले भन्दा नेपालीहरुबाट सोचे भन्दा धेरै हेक्का राखेर सगरमाथा आरोहणको क्रममा धेरै सघाउ पुर्याए । यस कुराले मलाई नेपालीहरुको सहयोगी भावना प्रति सद्भाव सधैँ रहिरहने छ । त्यहि दिन बाट मैले घोषणा गरें कि नेपाल मेरो दोश्रो घर हो । यो खुशी नियोगमा साझेदार गर्न पाउँदा आफुलाई खुशी र गर्व दुवै लागेको बताउनुभयो । आरोही संगको भेटघाट क्रमको संवादको क्षण द्धितिय सचिव ढकालले बताउँदै भन्नुभयो ।
सगरमाथा आरोही अल थानीले सोही अवसरमा आफुले नेपालका लागि केही सहयोगको योजनाहरु तय गरेको बताउनुभयो । उहाँको सगरमाथा आरोहण लगायत विश्वका विभिन्न हिमश्रृंखला आरोहणको उद्धेश्य र नारा भनेको “सबैको लागि शिक्षा अधिकार” रहेको छ । विश्वको उच्च हिम शिखर सगरमाथा आरोहण गर्नु अघि उहाँले विभिन्न देशका जस्तै ४ हजार ८ सय १० मिटरको माउन्ट ब्लांन्क , ५ हजार ८ सय ९५ मिटरको माउन्ट किलोमन्जारो र अन्र्टाकाटिकाको माउन्ट भिन्सन ४ हजार ८ सय ९२ मिटर सफलता पुर्वक चढिसक्नुभएको छ ।
त्यस्तै गरी यूरोपको माउन्ट एलब्रस, अष्ट्रेलियाको माउन्ट कोस्कियुज्को र दक्षिण अमेरिकाको माउन्ट एकोन्काग्वा सफलतापूर्वक चढिसक्नुभएको छ । हाल सम्म विश्वभरिका ३ हजार ५ सय जना देशी विदेशी नागरिकले सगरमाथा आरोहण गरिसक्दा पनि अरब भूमिबाट सगरमाथा चढ्ने कसैले साहस गरेको थिएन । त्यो मैले पुरा गरेर देखाएँ-भेटक्रममा दूतावासमा उहाँले बताउनुभयो ।
मे २२ तारिख २०१३ को विहान आठ बजे बुधवार विहान विश्वको एक मात्र सर्वोच्च शिखर सगरमाथाको टुप्पोमा कतारको राष्ट्रिय झण्डा फहराउँदा आफ्नो खुशीको कुनै सीमा नरहेको उहाँले बताउनुभयो । कतारको गैर नाफामूलक परोपकारी संस्था रोटाको ब्राण्ड एम्बेसडर समेत रहनुभएका अल थानीले नेपालमा पर्यटन क्षेत्रमा आफुले लगानी गर्न ईच्छुक रहेको पनि बताउनुभयो । विश्वभरिका त्यस्ता मूलुकहरुमा शिक्षा र खेलकुदलाई प्रत्यक्ष सहयोग पुर्याउने उद्धेश्य रहेको सो संस्था अन्तर्गत नेपालको हकमा पनि त्यस्तै केहि सहयोग दिने आफ्नो इच्छा रहेको उहाँले बताउदै उहाँ द्धारा जारी पुर्व प्रेस बिज्ञप्ती अनुसार नितान्त नेपालको शिक्षाको हकमा एक मिलियन अमेरिकी डलर लगानी गर्ने योजना रहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4