+
+

कांग्रेस धार्मिक बहसमा तानियो

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ५ गते ६:५९

५ साउन, काठमाडौं । नेपालमा धर्मको विषयलाई लिएर व्यापक चलखेल भइरहेको भन्दै नेपाली कांग्रेसभित्र आन्तरिक बहस शुरु हुन थालेको छ ।

नेपाललाई धर्मनिरपेक्षता राख्ने कि नराख्ने वा नेपाल हिन्दू राष्ट्र घोषणा गर्ने वा धर्मको बारेमा केही पनि उल्लेख नगर्ने भन्दै कांग्रेसका प्रभावशाली नेताहरु बहसमा उत्रिएका छन् । धार्मिक स्वतन्त्रताको पक्षपाती नेपाली कांग्रेसभित्रको यो बहसले नेपालमा धर्मको मुद्दालाई फेरि एक पटक तताएको नेपाल समाचारपत्रमा खबर छ ।

धर्मको लडाइँ अत्यन्त घातक हुने र यसले देशलाई नाजुक स्थितिमा पुर्‍याउने भन्दै धर्मको बारेमा बेलैमा सजग हुन आवश्यक रहेको औल्याउँदै कांग्रेस नेताहरुले नेपालमा विदेशीहरुले प्रलोभनमा पारेर धर्म परिवर्तन गराइरहेको आरोपसमेत लगाएका छन् ।

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले कांग्रेसको आगामी केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने प्रस्ताव छलफलका लागि पेस गर्ने भन्दै अघि बढेको समाचार सार्वजनिक भए लगत्तै अर्का प्रभावशाली नेता डा.शेखर कोइराला र शंकर भण्डारीले धर्मको विषयमा विदेशी चलखेल बढ्दै गएको बताएका छन् । ‘धर्मको लडाइँ अत्यन्तै घातक हुन्छ । यसले देशलाई अप्ठेरो र नाजुक अवस्थामा पुर्‍याउँछ,’ कांग्रेस नेता कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?