+
+

ऐनकै कारण सहकारीमा समस्या : सचिव श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ९ गते १५:३३

Sahakari

९ साउन काठमाडौं । सहकारी तथागरिबी निवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारी ऐनकै कारणलेसहकारीमा समस्या आएको बताएका छन् । ऐन समय अनुसार परिमार्जन नहुनुले पनि थपसमस्या आएको उनले बताए ।

श्रेष्ठले सहकारीको विकासका लागि सहकारी ऐन परिमार्जन तथा वित्तीय सहकारीऐन र सहकारी बैंक ऐन ल्याउन सके सहकारीमा समस्या नआउने बताए । नेपाल बचततथा ऋण केन्दि्रय सहकारी संघ (नेफ्स्कून) को आयोजना तथा नेपाल सहकारीपत्रकार समाजको आयोजनामा सहकारी पत्रकारहरुका लागि बचत तथा ऋण सहकारीअभिमुखिकरण कार्यक्रममा बोल्दै सचिव श्रेष्ठले सो कुरा बताएका हुन् ।

‘सहकारीलाई व्यवस्थित गर्न अनुगमनलाई प्रभावकारी बनाइने छ’ उनले भने ‘सहकारीले रचनात्मक काम गरेपनि सहकारीको अनुगमन हुन नसक्दा केही केहीसहकारीमा विकृति भित्रिएको हो ।’ ऐनले सहकारी मन्त्रालय नचिनेकाले छिट्टैऐन संशाधन गरि अधिकार अधिकार प्रत्योजन गरिने सचिव श्रेष्ठले बताए ।  समस्यामा रहेका सहकारीको समस्या समाधान गर्न ऐन संशोधन गरी अधिकारसम्पन्नछानबिन समिति बनाउने तयारी अन्तिम चरणमा पुगेको सचिव श्रेष्ठले बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ-नेफ्स्कन)का अध्यक्ष ऋषिराजघिमिरेले सहकारी स्वनियमनमा चल्ने भनेर जे पायो त्यही गर्न नपाइने बताए ।सहकारीले साधारणसभामा जे पनि गर्न पाइने भन्ने नहुने धारणा राखे ।
एकदिने अभिमुखिकरण कार्यक्रम बचत तथा ऋण सहकारीका बारेमा जानकारी गराउनेउद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे हो । कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध रहेको २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?