+
+

सडकमा ट्याक्टर राखेर प्रशासनको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १०:४३

trekter

१४ साउन, मोरंङ । मोरंगको बेलबारीमा स्थानीय बासिन्दाले लोहन्द्रा खोलाबाट बालुवा र ढुंगा निकासीमा रोक लगाएपछि ट्रयाक्टर व्यबसायीहरुले मोरंङ बेलबारीको सडकमा ट्रयाक्टर राखेर बिरोध गरेका छन ।

वर्षेनी बर्षायाममा स्थानीय लोहन्द्रा खोलामा आएको बाढीले उपद्रो मच्चाएपछि गाउँलेहरुले बालुवा र ढुंगा निकासीमा रोक लगाउन स्थानीय प्रशासनलाई गुहारेका थिए । सो खोलामा आउने बाढीले बेलबारीका केही वार्डहरु र बिशेषगरी खोरियाबस्तीबाट सयौँ बिगाहा जमिन बगाई सकेको छ ।
स्थानीयको बिरोधपछि प्रशासनले ढुंगा बालुवा निकासीमा रोक लगाएको बिरोधमा ट्रयाक्टर ब्यबसायीहरुले बुधबार बिहानैदेखी सडक छेउमा ट्रयाक्टर राखेर प्रशासनको बिरोध गरिरहेका छन । ब्यबसायीहरुले १ सय बढी ट्रयाक्टरहरु सडक किनारामा राखेर प्रशासनको निर्णय फिर्ता लिन माग गरिरहेका छन ।

नरेन्द्र बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?