+
+

एमालेमा बराबरी मत ल्याउने चारैजना केन्द्रीय सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २७ गते १९:२०

२७ साउन, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशनमा बराबरी मत ल्याउने चारैजना केन्द्रीय सदस्य भएका छन् । चारै जना पूर्ण केन्द्रीय सदस्य हुनेछन् ।

नवनिर्वाचित केन्द्रीय समितिको मंगलबार बसेको बैठकले बराबरी मत ल्याउने खुल्लातर्फका खिमलाल भट्टराई र नागेन्द्र चौधरी तथा मुस्लिमतर्फका मोहमद मेहफुज अन्सारी र सिराजलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।

‘बराबरी मत ल्याउने चारैजनालाई केन्द्रीय सदस्यमा ल्याउने निर्णय भएको छ’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘दुईजनालाई विजयी बनाएर तथा दुईजनालाई मनोनित कोटाबाट ल्याउने निर्णय भयो ।’

महाधिवेशनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा भट्टराई र चौधरीले समान ९८६ र मुस्लिमतर्फको सदस्यमाअन्सारी र फारुकीले समान ९६४ मत ल्याएका थिए ।

सचिवालय गठन

एमाले केन्द्रीय कमिटीको बैठकले महासचिवको नेतृत्वमा सचिवालय गठन गरेको छ । जसमा दुई उपमहासचिव र पाँच सचिव रहेका छन् । ‘यो अर्को व्यवस्था नभएसम्मका लागि हो’ बैकल्पिक केन्द्रीय सदस्य माधव ढुंगेलले भने । बैठकमा महाधिवेशनमा आएको सुझाजका आधारमा संशोधित राजनीतिक प्रस्तावसँगै संगठन र विधानसम्वन्धी प्रस्ताव पेश भएको छ ।

यसबारे बुधबार छलफल हुनेछ । बैठक संचालन कार्यविधि पनि पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?