बिहे पश्चात २ वटा म्यूजिक भिडियोमा मात्र काम गरेको नायक राजेश हमाल अब भने केही चुजी बनेका छन् । बिहे अघि आफ्नो स्टारडमलाई नै ख्याल नगरी सिनेमा खेेलेको आरोप उनलाई लागेको थियो । यसैले उनी सिनेमा छानेर मात्र खेल्ने तयारी गरेका हुन् ।
यसैक्रममा, उनी अब चलचित्र ‘बागमती’मा अभिनय गर्न राजी भएका छन् । नव निर्देशक एवं निर्माता अनिष नापितको यो सिनेमामा राजेश हमालले भिन्न भूमिकामा काम गर्न लागेका हुन् । उनी आफ्नो भूमिकालाई लिएर निक्कै उत्साहित समेत रहेको उनका सहयोगीले बताए ।
भदौ २५ गतेबाट छायांकनमा जान लागेको सिनेमामा शिव श्रेष्ठ, दयाहाङ राई, कञ्चन ठकरी, केकी अधिकारी लगायतका कलाकारले अभिनय गर्नेछन् । राजेन्द्र उप्रेतीको द्वन्द्व रहने सिनेमा फोहोरपछिको सफाई अभियानमा रहेको बागमती नदिको बिषयमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4