+
+

सुनकोशी पहिरो पीडितलाई राहत र पुर्नवासको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १५:१३

४ भदौ, काठमाडौँ ।  सिन्धुपाल्चोकका सभासद् एवम् विभिन्न दलका नेताहरुले सुनकोशी पहिरो पीडितका लागि  व्यवस्थित शिविर स्थापना गरी पुनःवासको व्यवस्था गर्न र उचित राहत उपलब्ध गराउन प्रधानमन्त्री सुशील कोइरालासँग माग गरेका छन् ।

एमाओवादीका सभासद अग्निप्रसाद सापकोटाको नेतृत्वमा बुधवार प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर उनीहरुले पहिरो पीडितहरुलाई सुरक्षित र व्यवस्थित रुपमा बसोबासको व्यवस्था गर्न माग गरेका हुन् ।

टोलीले प्रकोपका कारण प्रदूषित वातावरणबाट उत्पन्न हुनसक्ने सम्भावित महामारीलाई रोक्न योजनासहित कार्यक्रम ल्याउन प्रधानमन्त्री कोइरालालाई आग्रह गरेको छ । उनीहरुले करिया खर्च बढाउन तथा घर क्षति भएकालाई १५ दिनभित्र  पाँच लाख रुपैयाँ राहत उपलब्ध गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री कोइरालाले पहिरोका कारण विस्थापित भएकाहरुलाई व्यवस्थित पुनःवासका लागि सरकारले पहल गरिरहेको बताएका थिए ।प्रधानमन्त्रीले पहिरो पीडितलाई राहत जिल्लासम्म पुगेपनि वास्तविक पीडितसमक्ष राहत पुर्‍याउन स्थानीय जनप्रतिनिधिले सहयोग गर्नुपर्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा एमाओवादीका सभासद सापकोटाले अबरुद्ध रहेको अरनिको राजमार्ग बैकल्पिक बाटो बनाएर तत्काल सञ्चालनमा ल्याउन समेत माग गरेका थिए । गत साउन ७ मा सिन्धुपाल्चोकको राम्चे र माखा गाविसमा गएको सुनकोशी नदी थनिँदा गएको बाढीमा परी १५६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?