५ भदौ, काठमाडौं । स्थानिय बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । निरन्तर ओरालो लाग्ने क्रममा बिहीबार सुन तोलामा ४ सय रुपैयाँ घटेर किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको भाउ तोलाको ५३ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार छापावाल सुन तोलाको ५४ हजार रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा ४ सय रुपैयाँ घटेर ५३ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ भने केही दिनदेखि स्थिर रहँदै तोलाको ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4