+
+

राजदूत मोहनकृष्णले भने- म फ्रान्सबाट फर्किएँ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १६ गते ११:३५

१६ भदौ, काठमाडौं । फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले आफू कार्यकाल पूरा गरेर स्वदेश फर्किएको जानकारी दिएका छन् । मुटुमा समस्या देखिएपछि उपचारका लागि आफ्नो कार्यकाल सकिए पनि थप दुई महिना पेरिसमा बसेको उनले स्वीकार गरे ।

मोहन कृष्ण श्रेष्ठ
मोहन कृष्ण श्रेष्ठ

अनलाइखबरसँग श्रेष्ठले भने-मैले परराष्ट्र सचिवसँग पनि कार्यकाल सकिएकै दिन फर्किन्छु भनेर पैसा मगाएको थिएँ । तर, त्यहीबेला मुटुमा समस्या देखियो । एन्जिओप्लास्टिक गर्दा समय लाग्यो ।

आफू सरकारसँग अनुमति लिएरै दुई महिना थप बसेको उनले बताए । ‘साउन ३१ गतेसम्मलाई २ महिना थपिएको थियो, भदौ १ गते नै मैले दूतावास छाडेर हिँडेको हुँ’ उनले भने ।

चार दिन दुबईमा बसेर आफू काठमाडौं आइपुगेको उनले अनलाइनखबरलाई बताए । ‘तर परराष्ट्र मन्त्रालयमा अरुको बद्ख्वाइँ गरेर आफू हिरो हुने रोग छ, त्यसको शिकार म बनेँ’ उनले भने ।

कार्यकाल सकेर पनि स्वदेश फर्किन नचाहने रोग परराष्ट्रमा रहेको र आफूले गलत कुराको सधैं विरोध गरेको उनले बताए । अनलाइनखबरले राजदूतहरु कार्यकाल सकिएर पनि स्वदेश फर्किन नचाहेको समाचार प्रकाशित गरेपछि श्रेष्ठले अनलाइनखबरमा सम्पर्क गरी आफ्नो प्रष्टीकरण दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?