+
+

गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली कोष्टारिकामा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २५ गते २०:४७
कोष्टारिकामा सोमबार पक्राउ परेका नेपालीहरु । तस्वीरः सार्वजनिक सुरक्षा मन्त्रालय, कोष्टारिका
कोष्टारिकामा सोमबार पक्राउ परेका नेपालीहरु । तस्वीरः सार्वजनिक सुरक्षा मन्त्रालय, कोष्टारिका

२५ भदौ, काठमाण्डौ । गैरकानुनीरुपमा अमेरिका छिर्न खोज्ने ३४ नेपाली युवा दक्षिण अमेरिकी मुलुक कोष्टारिकामा पक्राउ परेका छन् ।
गत शुक्रबार र सोमबार कोष्टारिका प्रहरीले भिन्नाभिन्नै स्थानबाट उनीहरुलाई पक्राउ गरेको त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ । उनीहरू कसैसँग पनि पासपोर्ट लगायतका कागजात छैनन् ।
शुक्रबार सेन्ट्रल प्यासिफिक कोष्टबाट ९ जना अबैध आप्रवासीलाई पक्राउ गरेको थियो जसमध्ये ७ जना नेपाली थिए भने दुई जना बंगलादेशी । उनीहरुलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार पनामा सीमा क्षेत्रबाट थप २७ जना पक्राउ परेका छन जसमध्ये सवै नेपाली हुन् । इक्वेडरबाट कोष्टारिका हुँदै निकारागुवातर्फ लैजाने क्रममा उनीहरु बसेको स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक सुरक्षामन्त्री सेलो गाम्बाले स्थानीय टिको टाइम्स पत्रिकासँग भने-‘उनीहरुको अन्तिम गन्तब्य संयुक्त राज्य अमेरिका रहेको पाइएको छ, मानव बेचबिखनमा संलग्न गिरोहको पहिचान गर्ने कोसिस गरिरहेका छौं ।’

मानव तस्करहरुले नेपाली युवालाई अबैध तरिकाले अमेरिका प्रवेश गराउन दक्षिण अमेरिकी मुलुकको बाटो प्रयोग गर्ने गरेका छन् । यसअघि पनि पटकपटक नेपाली युवाहरु दक्षिण अमेरिकाका बिभिन्न मुलुकमा पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?