+
+

आज दसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १५ गते ७:४५

१५ असोज, काठमाडौं । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको सातौं दिन आज शक्ति स्वरुपा भवानी माता कालरात्रिको पूजाआजा गरिंदै छ ।

माता कालरात्रि आदिमाता पार्वतकिो माया रुप हो । दुष्ट वृतिमा लागेका दानवलाई छल वा भ्रान्तिको माध्यमबाट तह लगाउने उद्देश्यले कालरात्रि देवीको प्रदुर्भाव भएको शास्त्रहरुमा उल्लेख छ ।

यी देवीको वदनवर्ण नीलो रंगको रहेको छ । लामो रातो ओंठ भएकी, गधामा चढेकी, बहुरुपी रङमा प्रकट भई असुरहरुलाई अलमलमा पारिदिने माता कालरात्रिको चरित्र चित्रण गरिएकोछ ।

माता पार्वती आफ्नो स्वर्ण स्वरुप छोपेर अंध्यारामा प्रकट भएकीले यस रुपलाई कालरात्रि भनिएको स्कन्द पुराणमा उल्लेख छ ।

आज देवी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइंदै छ । आज दशैघर तथा देवी मन्दिरमा उखु, केरा, बेलपत्र, दारिम, जयन्ती धानका बाला, अशोकका पात, अदुवाका पल्लव तथा फलफूललाई शुभसाइतका प्रतीक फूलपातीका रुपमा भित्रयाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?