+
+

रायमाझी एमाओवादी संसदीय दलको उपनेता

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २३ गते १२:४१

२३ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादी संसदीय दलको उपनेतामा टोपबहादुर रायमाझी नियुक्त भएका छन् ।

topbahadur-rayamajhiविहीबार बसेको एमाओवादी संसदीय दलको बैठकले बाबुराम भट्टराई पक्षका सभासद रायमाझीलाई उपनेता बनाउने निर्णय गरेको हो ।

एमाओवादीले संसदीय बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा अग्नि सापकोटालाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी दलको सचेतकमा सभासद रेखा शर्मालाई नियुक्त गरिएको एमाओवादीले जनाएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड संसदीय दलको नेता बनेको लामो समय बित्दा पनि एमाओवादीले पार्टीभित्रको आन्तरिक किचोलोका कारण दलको उपनेता र सचेतकको नाम टुंगो लगाउन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?