३१ असोज, ललितपुर । आप्नै १५ वर्षीया छोरीमाथि विगत चार वर्षदेखि बलात्कार गर्दै आएका एक बाबुलाई ललितपुर जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको छ ।
पीडित बालिकाको आवश्यक पर्ने स्वास्थ्य तथा मनोवैज्ञानिक परामर्श तथा शैक्षिक अधिकार संरक्षणका लागि राज्यले निःशुल्क उपलब्ध गराउन भनिएको छ । साथै प्रतिवादीबाट पछि असुल उपर गर्ने गरी एकमुष्ट पाँच लाख राज्यको तर्फबाट क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ ।
न्यायाधीश टेकनारायण कुँवरको इजलासले नावालकको बाँच्न पाउने अधिकार, शिक्षाको अधिकार, सहभागिताको अधिकारको संरक्षण गर्न यस्तो गम्भीर प्रकृतिको मुद्दामा बालअधिकारसम्बन्धी महासन्धि १९८९ र बालबालिकासम्बन्धी ऐन २०४८ समेतको आधारमा फैसला गरेको प्रवक्ता कौशल ज्ञवालीले जानकारी दिए ।
बाबुले विभिन्न समयमा मौका छोपी छोरीलाई त्रास देखाएर जवरजस्ती गरेको भन्दै पीडितकी आमाले जाहेरी दिएकी थिइन् ।
प्रतिक्रिया 4