+
+

थारु कल्याणकारिणी सभाको अध्यक्षमा धनिराम निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १ गते ११:२३

१ कात्तिक, झापा । थारु कल्याणकारिणी सभाको केन्द्रीय अध्यक्षमा धनिराम चौधरी निर्वाचित भएका छन् । विर्तामोडमा शनिबार राति सम्पन्न महाधिवेशनमा धनिरामले १ सय २२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रकुमार चौधरीले २० मत र राजेन्द्रप्रसाद चौधरीले ४ मतमात्र ल्याए । चन्द्र कुमार निवर्तमान अध्यक्ष पनि हुन् ।

महाधिवेशनले भूगोलतर्फको २५ जिल्ला र काठमाडौं उपत्यका गरी २६ जना केन्द्रीय सदस्य चयन गरेको छ । बन्दसत्रले पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य राजकुमार लेखीबाट प्रस्तुत गरिएको २१ बुँदे घोषणापत्र पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?