+
+

झरनाकी छोरीले गरिन् ‘ए मेरो हजुर २’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३ गते २२:३९

jharna-and-suhani
एस.के प्रोडक्शनले ‘ए मेरो हजुर २’को निर्माण गर्ने भएको छ । हङकङमा आयोजना भएको ‘सातौ नेफ्टा फिल्म अवार्ड’मा सिनेमा निर्माणको घोषणा गरिएको हो ।
निर्माता सुनिल कुमार थापा र झरना थापाले यो सिनेमाको निर्माण गर्न लागेको हो ।

झरना र सुनिलकी १८ बर्षकी छोरी सुवानी थापाले सिनेमा निर्माण हुन लागेको जानकारी गराइन् । चलचित्रमा अनमोल केसी, स्वतन्त्रप्रताप शाह कलाकारको रुपमा रहने पक्का भएको छ । यो सिनेमाको निर्देशन नायिका झरना थापाले गर्ने भएकी छिन् । ‘ए मेरो हजुर’ लाई जस्तै यो सिनेमालाई पनि सबैले माया गरिदिने विश्वास सुवानीले लिइन् ।

चलचित्रको छायांकन चाडै नै सुरु हुनेछ । चलचित्रले यूवापुस्ताको कथा चित्रित गर्नेछ । यो सिनेमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?