काठमाडौं । अनर नेपालले दशैं लक्षित अफर सार्वजनिक गरेको छ ।
‘अनर किन्नुहोस्, थाइल्यान्ड घुम्नुहोस्’ योजनामा कुनै पनि अनर स्मार्टफोन किन्दा ग्राहकले थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।
यो अभियानले दशैंको चाडमा उत्साह र खुसी थप्न मद्धत पुग्ने विश्वास कम्पनीको छ ।
यो अफर १७ सेप्टेम्बर ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै अनर एक्सक्लुसिभ पसल र अधिकृत विक्रेताहरूमा उपलब्ध हुनेछ ।
अनर स्मार्टफोन खरिद गर्दा ग्रान्ड पुरस्कारको रूपमा थाइल्यान्ड भ्रमण, अप्रिला एसआर १२५ स्कुटर र अनर म्याजिक भी२ जित्ने अवसर रहेको कम्पनीले जनाएको छ।
यसैगरी साप्ताहिक पुरस्कारका रूपमा ग्राहकले मार्सल स्पिकर र अनर २०० तथा दैनिक पुरस्कार अनर च्वाइस इयरबड एक्स५ र साइकेई जीटी वाच जित्न अवसर पाउने छन् ।
अनर नेपालका राहुल राठीले दशैंको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गर्न पाएकोमा खुसी लागेको बताए ।
कुनै पनि अनर स्मार्टफोन खरिद गर्ने ग्राहकले खल्ती एपमार्फत दामी क्यूआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिने कम्पनीले जनाएको छ ।
यस योजनाबारे थप जानकारी अनरको सामाजिक सन्जाल पेज र वेबसाइट मार्फत लिन सकिने छ ।
प्रतिक्रिया 4