काठमाडौ । गायिका कोमल वली बुधवार बिहान कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित भइनन् । कारण उनलाई आफ्नै घरमा पालिएका प्रिय कुकुर ‘कोको’ र ‘क्वीन’को पूजा गर्नु थियो ।
बिहानै पालै पालो कोको र क्वीनलाई नुहाइदिएकी कोमलले ‘सेन्ट प्रे’ गरेर बत्ति बाल्दै मज्जाले पूजा गरिन् र केही पैसा पनि दिइन् ।
कुकुरलाई गुलियो कुरा खुवायो भने उनीहरुको कलेजो खराब हुन्छ भन्ने थाह छ उनलाई । त्यसकारण कुखुराको झोल र भात खुवाइन् । ‘उनीहरु भात खाएर घाममा सुते अनि बाहिर निस्किएँ आफ्नो काममा,’ कोमलले भनिन् ।
नायिका नम्रता सापकोटाले पनि घरमा पालेको कुुकुरलाई टिका लगाएर पूजा गरेकी छिन् । कुकुर आफुलाइ सानैदेखि मनपर्छ भन्ने नम्रतालाई लाग्छ । ‘पूजा गरेर टिका लगाइदिँदा उनीहरु खुसी हुन्छन् ।’
कुकुरलाई माया गर्ने अर्की नायिका प्रियंका कार्कीले पनि बिहानै पूजा गरेर माला लगाइदिदै खानेकुरा खुवाएकी थिइन् ।
पछिल्लो समय नेपाली नायिकाको कुकुर मोह पछिल्लो समय निकै बढेको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बा, रेजिना उप्रेती, केकी अधिकारी लगायत कुकुरलाई माया गर्ने नायिकाको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया 4