नेपालीहरुको महान् पर्व विजयादशमी र शुभदिपावली त सकिएको छ । तर, नेपाली सिनेमालाई भने चाडपर्व सुरु भएको छ । हङकङमा हालसालै २ वटा अवार्ड सम्पन्न भएका छन् । यसलगतै अब, अर्को एक अवार्डको तयारी पनि थालिएको छ ।
मंसिर ११ गते छैटौ पटक ‘डी सिने अवार्ड’ गर्ने आयोजकले जानकारी दिएको छ । विभिन्न २२ विधामा नोमिनेशन सार्वजनिक गर्दै आयोजकले अवार्डको मिति घोषणा गरेको हो । डीजिटल प्रविधिबाट मात्र खिचिएका सिनेमालाई यो अवार्डको नोमिनेशनमा समावेश गरिन्छ । जुरीले निष्पक्षताका साथ प्रत्येक विधामा नोमिनेशन तयार पारेको आयोजकले जनाएको छ । उत्कृष्ट अभिनेता र अभिनेत्रीको विधामा आर्यन सिग्देल र केकी अधिकारी २ चलचित्रबाट नोमिनेशनमा परेका छन् । यसैले यी दुई विधामा आर्यन र केकी हाबी देखिएका छन् ।
‘डी सिने अवार्ड’का अध्यक्ष शान्तिपि्रयले जारी गरेको विज्ञप्तीमा कार्यक्रमलाई भव्य र अवार्डलाई निष्पक्ष बनाइने जनाएका छन् ।
अवार्डको विभिन्न विधामा पर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छ ।
१. उत्कृष्ट ध्वनि मिश्रण
उत्तम न्यौपाने – होस्टेल
अमित श्रेष्ठ – छ एकान छु
मनोजराज भण्डारी – मुट
दीप तुलाधर – प्रोड्युसर
सुनयमान श्रेष्ठ – नाइ नभन्नु ल २
२. उत्कृष्ट पाश्र्व संगीत
एलिस कार्की – छ एकान छ
एलिस कार्की – नाइ नभन्नु ल २
किरण तुलाधर – झोले
रोहित शाक्य – मौन
सुजिल कर्माचार्य – मोक्ष
३.उत्कृष्ट द्वन्द्व निर्देशक
एन.वि. महर्जन – छ एकान छ
चन्द्र पन्त – लोफर
रोशन श्रेष्ठ – प्रोड्युसर
रोशन श्रेष्ठ – विन्दास -२
सुर्य थोकर – मुटु
४. उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज- यि आँखामा- नाइ नभन्नु ल -२
२. कविराज गहतराज – लाखैवत्ति – महसुश
३. गोविन्द राई – तिमीविना यो – किन किन
४.रेनेशा राई – तिमी नै मेरो – झोल
५. शंकर वि.सी. – जव साँझ पर्छ – बितेका पल
५.उत्कृष्ट गीतकार
किरण खरेल – कोही आए जस्तो – आधी बाटो
डा.कृष्णहरि बराल – मर्ने कसैलाई – नाइ नभन्नु ल २
डा.कृष्णहरी बराल – यी आँखामा – नाइ नभन्नु ल २
बावुराम दाहाल – जिन्दगीले – मधुमास
राम अविरल – सुन्छु तिमीले – विन्दास २
६. उत्कृष्ट गायिका
अञ्जु पन्त – आँटी सक्यो – मधुमास
दुर्गा परियार – दिल चुप छ – महसुश
प्रकृति गिरी – जव साँझ पर्छ – बितेका पल
मनिषा पोखरेल – तिमी सँगै – मुटु
रजिना रिमाल – तिमी नै मेरो – झोले
७.उत्कृष्ट गायक
प्रेम परियार – मर्ने कसैलाई – नाइ नभन्नु ल २
प्रेम परियार – यी आँखामा – नाइ नभन्नु ल २
बाबु बोगटी – जव साँझ पर्छ – बितेका पल
शिव परियार – सुन्छु तिमीले – विन्दास-२
राजेश पायल राई – तिमी नै मेरो – झोले
८. उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल – सुन्छु तिमीले – विन्दास २
डम्वर नेपाली – जव साझँ पर्छ – बितेका पल
वसन्त सापकोटा – यी आँखामा – नाइ नभन्नु ल २
सञ्जिव सिंह – खुल्ला आकाशमा – मोक्ष
सुरेश अधिकारी – दिल चुप छ – महसुश
९.उत्कृष्ट नव -अभिनेत्री
१. पुजा शर्मा – मधुमास
२. प्रकृति श्रेष्ठ – होस्टेल
३. रजनी के.सी. – लोफर
४.रिश्ता बस्नेत – होस्टेल
५. सुरविना कार्की – झेली
१०.उत्कृष्ट नव -अभिनेता
अनमोल के.सी – होस्टेल
कोसिष क्षेत्री – मोक्ष
सलोन बस्नेत – होस्टेल
सन्दीप क्षेत्री – छ एकान छ
श्याम अर्याल – प्रोड्युसर
११.उत्कृष्ट नव निर्देशक
आदित्यविक्रम लम्साल – लोफर
जनकदीप पराजुली – प्रोड्युसर
प्रविन श्रेष्ठ – मोक्ष
सुरज भुषाल – मौन
हेमराज वि.सी. – होस्टेल
१२. उत्कृष्ट खलपात्र
मनोज आर.सी. – मधुमास
मुकेश आचार्य – मुटु
राजवल्लभ कोइराला – छ एकान छ
सुवास थापा – किन किन
शंकर आचार्य – झोले
१३. उत्कृष्ट चरित्र अभिनय
गिता अधिकारी – झेलीे
नीर शाह – महसुश
बसन्त भट्ट – मोक्ष
लक्ष्मीनाथ शर्मा – प्रोड्युसर
शैलेश आचार्य – छ एकान छ
१४.उत्कृष्ट सह-अभिनेत्री
अनु शाह – आधी बाटो २
करिश्मा मानन्धर – किन किन
प्रियंका कार्की – नाइ नभन्नु ल
वेनिशा हमाल – महसुश
सिवाङ्गीनी राणा – मधुमास
१५.उत्कृष्ट सह-अभिनेता
गौरव पहारी – होस्टल
विल्सनविक्रम राई – प्रोड्युसर
सिताराम कट्टेल – छ एकान छ
सुरजसिंह ठकुरी – नाइ नभन्नु ल -२
शिवहरी पौडेल – छ एकान छ
१६.उत्कृष्ट लेखन
अर्पण थापा – मौन
दिपकराज गिरी – छ एकान छ
नवल नेपाल – महसुश
विकाश आचार्य – नाइ नभन्नु ल -२
हेमराज वि.सी. – होस्टेल
१७.उत्कृष्ट सम्पादन
दिर्घ खड्का – झोले
प्रविन श्रेष्ठ – मोक्ष
बदि्र लामिछाने – महसुश
विपिन मल्ल – बितेका पल
सुरेन्द्र पौडेल – होस्टेल
१८.उत्कृष्ट छाँयाकार
दिव्य सुवेदी – महसुश
पुरुषोत्तम प्रधान – छ एकान छ
सञ्जय लामा – मौन
हरी लामा – बितेका पल
हरी हुमागाई – होस्टेल
१९.उत्कृष्ट अभिनेत्री
केकी अधिकारी – बितेका पल
केकी अधिकारी – महसुश
नम्रता श्रेष्ठ – मौन
नीता ढुंगाना – छ एकान छ
प्रियंका कार्की – झोले
२०.उत्कृष्ट अभिनेता
अर्पण थापा – मौन
आर्यन सिग्देल – मधुमास
आर्यन सिग्देल – महसुश
दयाहाङ राई – झोले
यश कुमार – आधी बाटो
२१.उत्कृष्ट निर्देशक
दिनेश डि.सी – छ एकान छ
दिपेन्द्र के. खनाल – झोले
नवल नेपाल – महसुश
विकास आचार्य – नाइ नभन्नु ल २
सुरज सुब्बा ‘नाल्बो’ – बितेका पल
२२.उत्कृष्ट चलचित्र
छ एकान छ – आमा सरस्वती गितादेवी फिल्म्स
नाइ नभन्नु ल २ – वान टाइम सिनेमा
महसुश – सास क्रियशन प्रा.लि.
मोक्ष -मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्
मौन – आकाश आदित्य इन्टरटेनमेण्ट
प्रतिक्रिया 4