+
+

भेडा-बाख्रा पालनमा कमी आएपछि उनी उद्योग संकटमा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १९ गते १०:५६

Bheda-Boka

१९ कात्तिक, दार्चुला । पछिल्लो समय दार्चुलामा चरन क्षेत्रको विनाशसँगै भेडाबाख्राको सङ्ख्या घट्दै गएपछि जिल्लामा सञ्चालित उनी उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

जिल्लाका दुहुँ तथा मार्मा क्षेत्रमा केही वर्षअघि सम्म ठूलो हिस्सा ओगटेको चरन क्षेत्र अहिले ५० प्रशितले कम भएकाले भेडा तथा बाख्रापालनमा कमी आएको हो ।

जनसंख्या वृद्धिसँगै चरन क्षेत्र मासिँदै जानु तथा जलवायु परिवर्तनका कारण चरन क्षेत्रमा पाइने घाँस नाश हुँदै जानु भेडा तथा बाख्रापालनमा कमी आउनुको प्रमुख कारण भएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशुचिकित्सक वसन्तबहादुर सिंहले बताए ।

गत वर्षदेखि जिल्लाको इयरकोट गाविसमा एकीकृत भेडा विकास कार्यक्रम लागू भए पनि यस वर्ष सो कार्यक्रमको बजेट केन्द्रबाट कटौती गरिएपछि कार्यक्रम प्रभावित बनेको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?