२१ कात्तिक, काठमाडौं । भारतको पश्चिमी शहर सूरतको विमानस्थलमा एक विमान उडान गर्ने क्रममा भैंसीसँग ठोक्किएको छ ।
यद्यपि विमानमा सवार सबै सुरक्षित छन् ।
स्पाइजसेटका बोइङ ७३७-८०० विमान बिहीबार सूरतबाट दिल्ली उड्ने तयारीमा थियो । यात्रु र चालक दलका सदस्य गरी १४६ थिए ।
स्पाइजेटले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनामा भैंसीको मृत्यु भएको छ । रन वेको कालो सतहका कारण पाइलटले भैसी नदेखेको उसले बताएको छ ।
विमानमा सवार प्रभाकर जोशीले भनेका छन्-‘विमानले गति लिए लगतै ठूलो आवाज सुनियो । यस्तो लागेको थियो कि केही ठोक्कियो ।’
दुर्घटनापछि यात्रीहरुलाई अर्को विमानमा पठाइएको छ भने स्पाइसजेटले सूरतबाट आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
केही विमानस्थलमा छाडा पशुका कारण समस्या देखिएको कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4