२२ कात्तिक, दमक । झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेेवन गरेका छन् ।
विष सेवनबाट प्रेमीको मृत्यु भएको छ भने प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवैजनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ ।
इलामको बाह्रकोठे घर भई दमक-१३ मा डेरा गरी बस्दै आएका १५ वर्षीय यादव कुमाल र उनका प्रेमीकाले एकैसाथ विष खाएर आत्महत्याको प्रयास गरेका थिए । उनको शव तोपगाछी-७ स्थित रतुवामाई जङ्गल क्षेत्रमा स्थानीयले शुक्रबार साँझतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शान्तिनगर घर भई दमक-१० डेरा गरी बस्ने किशोरीको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । उनीहरुले कीटनाशक विषादी सेवन गरेको खुल्न आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4