+
+

पूर्वाधार सम्मेलनको तयारी पुरा

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १०:४८

२४ कात्तिक काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन २०१४’ को तयारी पुरा भएको छ। नेपाल उद्योग परिसंघ (सिएनआइ) अध्यक्ष नरेन्द्र बस्न्यातले सम्मेलनका सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रमहरु पनि तय भइसकेको जानकारी दिए।

मंगलबारदेखि सुरू हुने सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा नेपाल र भारतका पूर्वाधारसँग सम्बन्धित उच्च अधिकारीको सहभागिता हुने बस्न्यातले बताए । उनले सम्मेलनले नेपालमा लगानीको ढोका खोल्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ुनेपाल र भारतका मन्त्रीहरु पनि सम्मेलनमा सहभागि हुनुहुन्छ, यसले नेपालमा लगानीका लागि भारत सरकारसँग उच्च तहमा कुरा गर्न पनि सहयोग गर्छु बस्न्यातले भने ।
यस्तै सिएनआइका उपाध्यक्ष हरिभक्त शर्माले सम्मेलनमा पूर्वाधारको क्षेत्रमा काम गर्ने सबैको सहभागिता रहने जानकारी दिए। प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गर्ने सम्मेलनमा भारतीय मन्त्री नितिन गडकरीलगायत उच्च भारतीय अधिकारीको सहभागिता रहने छ।

ुसरकारी अधिकारी, नीति निर्माता र उच्च अधिकारीबीच छलफल हुने भएकाले नीतिगत समस्या हल गर्न पनि सहयोग हुनेछु शर्माले भने । मेलामा नेपालमा लगानी गरिरहेका विदेशी दातृ निकायका पदाधिकारी र पूर्वाधारसँग सम्बन्धित सरकारी अधिकारीको सहभागिता रहने छ ।

मेलामा सहभागी हुन अहिलेसम्म पाँचसय ५० जनाले नाम दर्ता गराएको उपाध्यक्षा शर्माले बताए। ती मध्ये ३६ जना विदेशी रहेका छन ।
सम्मेलनको उदघाटन प्रधानमन्त्री सुशील कोइरालाले उदघाटन गर्नेछन् भने ऊर्जामन्त्री राधा ज्ञवालीले समापन गर्नेछिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?