+
+

स्वर्गद्वारीको नयाँ धर्मशाला निर्माणमा ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २ गते १०:०६

Sworgadwari Final२ मंसिर, प्युठान । स्वर्गद्वारी आश्रम नजिकै सुविधा सम्पन्न धर्मशाला निर्माणको डिजाईन स्टिमेट भई ठेक्का दिइसकेको अवस्थामा विवाद भएपछि धर्मशाला निर्माणको काम लम्बिएको छ ।

स्वर्गद्वारी आश्रम सञ्चालक समितिले स्थान परिवर्तन गरि नयाँ ठाउँमा धर्मशाला निर्माण गर्ने निर्णय गरेपछि केही ढिलाइ भएको हो ।

यसअघि आश्रम नजिकै धर्मशाला बनाउने निर्णय भएको थियो । तर, आश्रम नजिकै धर्मशाला बनाउदा स्वर्गद्वारीको मौलिकतामा असर पुग्ने भन्दै आश्रमदेखि केहि तल धरमपानीमा सार्ने निर्णय भएपछि निर्माण कार्य लम्बिएको हो ।

‘आश्रम नजिकै धर्मशाला निर्माण गर्दा आश्रमको वातावरणमा प्रतिकुल असर पर्ने भएकाले केहि टाढा सार्ने निर्णय भएको हो,’ स्वर्गद्वारी आश्रम सञ्चालक समिति सदस्य ध्रुवश्रीले भने ।

नेपाल सरकार, जिल्ला विकास समिति प्युठान र स्वर्गद्वारी आश्रमको संयुक्त लगानीमा दुई सय पचास बेडको सुविधासम्पन्न धर्मशाला बनाउन ९ करोड ५७ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको धर्मशाला निर्माणका लागि यस वर्ष पाँच करोड २० लाख ७३ हजार पाँच सय ९५ रुपैयाँ खर्च गर्ने गरि श्यामसुन्दर निर्माण सेवा काठमाण्डौंले ठेक्का लिएको छ ।

जिल्ला विकास समिति प्युठान र निर्माण कम्पनिबीच गत असार ६ गते ०७२ भदौ महिनासम्म निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो ।

सम्झौता भएको चार महिना बितिसक्दा समेत निर्माण गर्ने स्थान नपाएकोले काम केही ढिलो हुने ठेकेदारका प्रतिनिधि बैजनाथ महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?