+
+

पीडीपी विरुद्ध जनजागरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ४ गते १६:१२

४ मंसिर, कैलाली । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पीडीए खारेज गर्दै अखिल नेपाल जनजाति सम्मेलनले जनजागरण अभियान सुरु गरेको छ । पीडीए नेपालको हितमा नभएको दावी गर्दै खारेज गर्न माग गरिएको हो ।

कैलालीको टीकापुरबाट शुरु भएको जागरण अभियान बर्दिया, बाँके, दैलेख, बुटवल हुँदै मंसिर १४ गते काठमाडौं पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

‘नेपालको जलस्रोतमाथि विदेशी एकाधिकार रोकौं, कर्णाली बचाउ अभियान सफल पारौं’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका सेती-महाकाली इन्चार्ज मनोज भट्टले परियोजनामा गरिएको सम्झौता पूर्णरुपमा नेपाललाई घाटामात्र रहेको धारणा राखे ।

अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी मगरले जनताले यो सम्झौतालाई मान्य नहुने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?