+
+

अर्ब बढी कमाउने निजी बैंकको प्रतिफल पनि आकर्षक

१४ मंसिर, काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०७०/०७१ मा ९ वटाले मात्रै अर्बभन्दा बढी नाफा कमाए । ६ वटा निजी प्रवर्द्धकद्धारा सञ्चालित र ३ वटा सरकारी बैंकले अर्ब बढी नाफा कमाएका थिए ।

अर्ब बढी नाफा कमाएका निजी क्षेत्रका नबिल, इन्भेष्टमेन्ट, एभरेष्ट, स्टान्डर्ड चार्टड, ग्लोवल आइएमई र हिमालयन बैंकले सेयरधनीलाई आकर्षक प्रतिफल दिने घोषणा गरिसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १४ गते ११:४१

profit-photo

पुष्प दुलाल

१४ मंसिर, काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरुमध्ये आर्थिक वर्ष २०७०/०७१ मा ९ वटाले मात्रै अर्बभन्दा बढी नाफा कमाए । ६ वटा निजी प्रवर्द्धकद्धारा सञ्चालित र ३ वटा सरकारी बैंकले अर्ब बढी नाफा कमाएका थिए ।

अर्ब बढी नाफा कमाएका निजी क्षेत्रका नबिल, इन्भेष्टमेन्ट, एभरेष्ट, स्टान्डर्ड चार्टड, ग्लोवल आइएमई र हिमालयन बैंकले सेयरधनीलाई आकर्षक प्रतिफल दिने घोषणा गरिसकेका छन् ।

बैंकहरुले घोषणा गरेको प्रतिफल नियामक निकाय नेपाल राष्ट्र बैंक र सम्बन्धीत बैंककै आगामी साधारणसभाले स्वीकृत गरेपछि मात्रै लागू हुन्छ ।

नेपाल बैंक र  वाणिज्य बैंकले तोकिएको पुँजी पर्याप्तता  नपुगेका कारण बोनस वितरण गर्न पाउँदैनन । तर, वितरण गर्न पाउने कृषि विकासले पनि घोषणा गरेको छैन ।

Bank Bonus

बैंकहरुलाई चुक्ता पुँजी बढाउनु पर्ने दवाव भएकाले अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष उच्च दरको बोनस सेयर दिने घोषणा गरेका छन् । नेपालका बैंकहरुले सन् २०१९ सम्ममा बासल ३ कार्यान्वयन गरिसक्नु पर्नेछ । बासल ३ ले पुँजीको आकारका आधारमा जोखिम लिन सक्छन भनेको छ ।

Nabil-Bank-नबिल बैंक

नबिल बैंक लगानीकर्तालाई सबैभन्दा बढी लाभांस दिने बैंक हो । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो ।

गत वर्ष बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो सञ्चालमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । सेयरधनीले १ अर्ब ३७ करोड ११ लाख रुपैयाँ नगद लाभांश पाउनेछन् ।

नबिल बैंकले ३०औं वाषिर्क साधारणसभा आगामी मंसिर १६ गते गर्ने घोषणा गरिसकेको छ । कात्तिक २६ गतेसम्म लगानी गर्ने लगानीकर्ताले मात्रै बैंकले घोषणा गरेको उक्त प्रतिफल पाउने छन ।

everest-bankएभरेष्ट बैंक

एभरेष्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६२ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ । बैंकको सबैभन्दा पहिला अर्थात भदौ ९ गते बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।

बोनस सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ । गत वर्ष बैंकले १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी २ अर्ब मात्रै भएकाले यो बैंकले आगामी वर्ष लगानीकर्तालाई उच्च प्रतिफल दिने निश्चित छ ।

Standerd charderdस्टान्डर्ड चार्टर्ड

यो बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट लगानीकर्तालाई  ५१.५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

असोज १२ गते बसेको बैंकको सञ्चलक समितिले १० प्रतिशत नगद लाभांस र ४१.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
अघिल्लो वर्ष पनि बैंकले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांस दिएको थियो ।  आर्थिक वर्ष बैंकले  १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

Investment-BAnkइन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिश बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

गत वर्ष बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

घोषणा गरेको बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी ४ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । हाल बैकको चुक्ता पुँजी ४ अर्ब १४ करोड रुपैायाँ छ ।

Global-IME-Bank-ग्लोवल आइएमई

पहिलो पटक खुद नाफा अर्ब बढी कमाएको ग्लोवल आइएमई बैंकको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

गत वर्ष बैंकले १ अर्ब ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ । त्यसैले यो बैंकलाई आगामी वर्ष दोहोरो अंकको प्रतिफल दिन निकै कठिन छ ।

himalayan-bank_11111111111हिमालयन बैंक

हिमालयन बैंकले २०७०/०७१ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ६.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । गत वर्ष बैंकले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बोनस सेयर पारित भए बैंकको चुक्ता पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुँनी २ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।

rbbराष्ट्रिय वाणिज्य बैंक

यो बैंकले हालसम्म प्रतिफलको घोषणा गरेको छैन । बैंकले गत वर्ष १ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकलाई राष्ट्र बैंकले बोनस वितरणमा रोक लगाएको छ । पुँजी पर्याप्ता ११ प्रतिशत नपुगेका कारण राष्ट्र बैंकले बोनस वितरणमा रोक लगाएको हो ।  यस सम्बन्धमा अदालतमा परेको रिटमा अदालतले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्नु भन्ने निर्देशन दिइसकेको छ ।

‘अदालतले बोनस वितरण नगर्नु भन्ने राष्ट्र बैंकको निर्देश कार्यान्वयन नगराउनु भन्ने आदेश दिएको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले अनलाइनखबरसँग भने- हामीले राष्ट्र बैंकलाई पत्राचार गरिसकेका छौं ।

राष्ट्र बैंकको उत्तरपछि घोषणा गरिने छ । बैंकले सेयरधनीलाई १० प्रतिशतसम्म लाभांसको घोषणा गर्न सक्ने शर्माले बताए ।

krishi-Dev-Bankकृषि विकास बैंक

यो बैंकले पनि अहिलेसम्म लाभांशको घोषणा गरेको छैन ।  २५ प्रतिशत लाभांश घोषणा गर्ने तयारी गरेको बैंक स्रोतले जनाएको छ ।

‘हामीलाई चुक्ता पुँजी बढाउनुपर्ने दवाव छैन, त्यसैले २५ प्रतिशतको हाराहारीमा नगद लाभांश दिने तयारी गरिरहेका छौं, चाँडै घोषणा हुन्छ’ एक सञ्चालकले भने । बैंकले गत वर्ष १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको थियो ।

nepal bankनेपाल बैंक

सञ्चित नोक्सानीमा रहेको यस बैंकले नाफा कमाएपनि सेयरधनीलाई बोनस खुवाउन नपाउने व्यवस्था छ । बैंकको पुँजी पर्याप्तता अनुपात पनि तोकिएअनुसार पुगेको छैन । गत वर्ष १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

पुँजीको आकार ठूलो भए पनि निजी बैंकको तुलनामा सरकारी बैंकहरुको प्रफमेन्स निकै कमजोर छ । ९ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कृषि विकास बैंकको नाफा १ अर्ब ५० करोड रुपैयाँ मात्रै छ ।

तर, ३ अर्ब ४ करोड रुपैयाँ चुक्ता पुँजी भएको नबिल बैंकको नाफा २ अर्ब २१ करोड रुपैयाँ  छ । यो वास्तविक तथ्यांकले सरकारी उपलब्ध पुँजीको अधिकतम सदुपयोग गर्न नसकेको देखिन्छ ।

यस्तो छ अर्ब बढी नाफा कमाउने बैंकहरूको प्रतिफल

बैंक नाफा रु.करोडमा लाभांश
नविल बैंक २३१ ६५ प्रतिशत
इन्भेष्टमेन्ट बैंक १९५ ४० प्रतिशत
एभरेष्ट बैंक १५४ ६२ प्रतिशत
कृषि विकास बैंक १५० घोषणा नभएको
स्टाण्डर्ड चार्टर्ड १३७ ५१.५ प्रतिशत
नेपाल बैंक १२३ दिन नमिल्ने
ग्लोवल आईएमई १०१ २५ प्रतिशत
हिमालयन बैंक ११० २१.०५
राष्टिय वाणिज्य १७३ घोषणा नभएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?