११ पुस, काठमाडौं । फ्रान्सेली स्मार्टफोन अल्काटेलले अाफ्ना वानटच ब्रान्डका स्मार्टफोन नेपाली बजारमा बिक्री सुरु भएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्सले उक्त ब्रान्डका मोबाइल नेपालमा बिक्री सुरु गरेको हो ।
कम्पनीले पहिलो चरणमा अल्काटेल वानटच मोबाइलका ५ मोडल भित्राएको छ । जसमा ४ वटा मोडल स्मार्टफोन र एउटा फिचर फोन रहेका छन् ।
बारफोनमा अल्काटेल १०४१ डी मोडल रहेको छ भने स्मार्टफोनमा पप डि वान, पप डि थ्रि, पप डि फाइभ र पप सि सेभेन मोडल रहेका छन् ।
नेपाली बजारमा बारफोन सिरिजको अल्काटेल १०४१ डीको मुल्य एक हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । स्मार्टफोनतर्फ डि वानको ७ हजार ७ सय ७७ रुपैयाँ, पप डि थ्रिको ९ हजार १ सय ८० रुपैयाँ, पप डि फाइभको १२ हजार ६ सय ९० रुपैयाँ र पप सि सेभेनको १६ हजार ८ सय ४० रुपैयाँ मूल्य तोकिएको छ ।
२ हजार देखि १७ हजार रुपैयाँसम्मका मोबाइल खरिद गर्दा कम्पनीले फ्लीप कभर र ब्याक प्पानल निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले अल्काटेल पप सि सेभेनमा क्वाडकोर प्रोसेसर, १ जीबी र्याम, ४ जीबी इन्टरनल मेमोरी , ५ इन्चको स्कि्रन, वाइफाई, ब्लुटुथ, थि्रजी, २००० एमएएचको ब्याट्री, गेस्ट मुड, नकनक सिस्टमबाट स्क्रिन खुल्ने लगायतका सुबिधा रहेको बताएको छ ।
उपत्यकालगायत नेपालका मुख्य शहरमा अल्काटेल वानटचको कारोबार शुरु भइसकेको कम्पनीका सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए ।
युरोपको प्रतिष्ठित ब्राण्ड अल्काटेल वानटच सुहाउँदो मूल्यसहित नेपाली बजारमा प्रबेश गरेकोले स्मार्टफोन प्रयोगकर्ताहरु यसबाट लाभान्वित हुने कम्पनीका प्रबन्ध निर्देशक शरद भट्टराईले विश्वास व्यक्त गरे ।
बिक्री पछिको सुविधालाई ध्यान दिँदै कम्पनीले आफ्नो सर्भिस सेन्टर न्युरोडको ताम्राकार कम्प्लेक्स र सिभिल ट्रेड सेन्टरमा राखेको छ । एन्ड्रोइड जेलिबिन र किटक्याट भर्सनमा चल्ने यो स्मार्टफोनले युरोपियन देशमा आफ्नो प्रभुत्व जमाइसकेको कम्पनीको दाबी छ ।
नेपालका धनगढी, नेपालगञ्ज, काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा, डुम्रे, नारायणघाट, हेटौंडा, बिरगञ्ज, जनकपुर, बिराटनगर, दमक, बिर्तामोड, धरानलगायतका मुख्य शहरहरुमा डिलर तथा सर्भिस हबहरु खोलिसकेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4