+
+

ट्रक व्यवसायीका कारण देशभरको ढुवानी सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १७ गते १४:५७

१७ मंसिर, वीरगञ्ज । यातायात व्यवसायीले विभिन्न आठ सूत्रीय माग राख्दै देशभर अनिश्चितकालका लागि ढुवानी सेवा ठप्प पारेका छन् ।

यातायात क्षेत्रप्रति राज्य जिम्मेवार नभएको भन्दै यातायात व्यवसायीले अनिश्चितकालका लागि ढुवानी सेवा ठप्प पारेका हुन् ।

नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नारायणी यातायात व्यवसायी संघ र तराई यातायात व्यवसायी संघअन्तर्गतका सम्पूर्ण मालवाहक सवारी साधनले बुधबारदेखि अनिश्चितकालका लागि ढुवानी बहिष्कार गरेका हुन् ।

आन्दोलनरत यातायात व्यवसायीले एकै खालको सवारी साधनलाई पनि फरक-फरक भारबहन क्षमताको सवारी साधन भनेर ब्लु बुकमा उल्लेख गर्ने व्यवस्था खारेज गर्नुपर्ने, सवारी जाँचका नाममा ट्राफिक प्रहरीले गर्दै आएको ज्यादति बन्द गर्नुपर्ने, खुद्रा सामान ओसारपसारमा बढीमा १० प्रतिशत सम्मलाई छुट दिनुपर्ने लगायतका आठ बुँदे माग राखेका छन् ।

त्यस्तै, उनीहरुले सवारी दुर्घटनाको ठोस अनुसन्धान गरेर दोषी ठहरिएका चालकबाहेक हचुवाका भरमा चालकलाई दुःख दिने कार्य बन्द गर्नुपर्ने, यातायात मजदुरको योग्यता एसएलसी पास हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्नेलगायतका माग पनि राखेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?