१८ मंसिर, काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन ‘पाटा’ नेपाल च्याप्टरले ‘डिजिटल टुरिजम मार्केटिङ’ तालिम सञ्चालन गरेको छ । बुधबारदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न हुने बताइएको छ ।
ई-टुरिजमको व्यवहारिक र सैद्धान्तिक पक्ष, बजार व्यवस्थापनको तरिका, डाटा मूल्यांकन, अन्तर्राष्ट्रिय सम्बन्ध, बजारका सम्भावनाको खोजि लगायतका विषयमा व्यवसायीहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको हो ।
नेपाल पर्यटन बोर्डको कार्यालयमा आयोजित तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नेपाली पर्यटन व्यवसायी तथा सरोकारवालाहरुलाई आधुनिक एवम प्राविधिक प्रवर्द्धनात्मक शैली र शीपको व्यवहारिक जानकारी गराउने उद्देश्यसहित तालिम आयोजना गरेको बताए ।
पर्यटन बोर्डका निर्देशक काशीराज भण्डारीले नेपाली पर्यटन क्षेत्रमा डिजिटल टुरिजम मार्केटिङको आवश्यकता रहेको बताउँदै यस किसिमको तालिमले निजी क्षेत्रको व्यवसाय प्रवर्द्धन र विकासमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
सहभागिहरुलाई तालिम दिन पाटा च्याप्टरको निम्तोमा ई-टुरिजम फ्रोन्टियरका संस्थापक एवम प्रमुख कार्यकारी अधिकृत डामियन कुक र टि्रप एडभाइजरका बरिष्ठ बजार व्यवस्थापक सारा म्याथ्यु नेपाल आएका छन् ।
प्रतिक्रिया 4