+
+

‘ओली कामरेड ! प्रधानमन्त्री बन्न पार्टी मिलाउनुस्’

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २२ गते ११:४०

KP oli

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका पदाधिकारीहरुले पार्टी अध्यक्ष केपी ओलीलाई मुलुकको प्रधानमन्त्री हुनका लागि सबैभन्दा पहिले आफ्नै पार्टीमा एकता र सहमति कायम गर्न सुझाव दिएका छन् ।

ओली निवास बालकोटमा आइतबार बसेको पदाधिकारी बैठकमा माधव नेपाल पक्षधर पदाधिकारीले ओलीको हालसम्मको कार्यशैलीको आलोचना गर्दै उनका गतिबिधिप्रति असहमति जनाएका हुन् । एमाले केन्द्रीय कमिटीको बैठक आज (सोमबार) दिउँसो बस्दैछ ।

एमाले नेताहरुले ८ माघमै संविधान जारी गर्न र त्यसपछिको सरकारको नेतृत्व गर्न एमाले अध्यक्षको नाताले ओलीको काँधमा जिम्मेवारी आएको भन्दै त्यसका लागि सबैभन्दा पहिले पार्टीभित्र एकताको सन्देश दिन पदाधिकारी बैठकमा आग्रह गरेका छन् ।

‘महाधिवेशनपछि तपाईले अहिलेसम्म एकलौटी निर्णय गर्दै आउनुभएको छ, ती निर्णयमा हाम्रो सहमति छैन’ नेपाल पक्षधर पदाधिकारीको भनाइ थियो ‘माधव नेपालले लिखित रुपमा पेश गरेको विषय छलफल गराउनुस् अनिमात्रै अरु कुरा अघि बढ्छ’ ।

अघिल्लो केन्द्रीय कमिटी बैठकमा नेता नेपालले महाधिवेशनपछि ओलीले गरेका निर्णयहरुप्रति लिखित असहमति जनाउँदै त्यसमा छलफलका माग गरेका थिए । त्यसपछि एमाले बैठक मंसिर २२ सम्मलाई स्थगित भएको थियो ।

नेपाल पक्षधर पदाधिकारीहरु युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई र भीम आचार्यले ओलीको कार्यशैलीमा आफूहरु असहमत रहेको बताएका छन् ।

उनीहरुले विधान एकलौटी रुपमा छापिएको, सभासद र मन्त्रीहरुको नियुक्तिमा पार्टीको निर्णय नभएको लगायतका विषय उठाए छन् ।
तर, अअध्यक्ष ओलीले पार्टीमा सहमति कायम गर्ने आफ्नो प्रस्ताव पनि नल्याएर आफूहरुले उठाएका कुराको जवाफ पनि नदिएको सचिव योगेश भट्टराईले अनलाइनखबरलाई बताए ।

‘पहिले एमालेलाई एकताबद्ध बनाएपछि मात्र अरुलाई सहमति आउ भन्न सकिन्छ’ भट्टराईले भने ‘यसका लागि अध्यक्षले ठोस प्रस्त्ााव ल्याउनुभएको छैन, सायद आजको केन्द्रीय कमिटी बैठकमै ल्याउनुहुन्छ होला’ ।

अध्यक्ष ओलीले पोलिटब्यूरो र स्थायी समिति चयन तथा नेताहरुको कार्य बिभाजनबारे पदाधिकारी बैठकमा छलफल नै नगरेको स्रोतले जनाएको छ ।

पदाधिकारी बैठकले माघ ८ मै संविधान जारी गर्न पार्टी एकढिक्का भएर सबै दलसँग वार्ता गर्ने र सहमति नभए पनि संविधान जारी गर्न प्रक्रियामा जानुपर्ने ठहर गरेको भट्टराईले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?