+
+

एमाले नेता खनाल र भारतीय राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १४:१९

२३ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रेले एमाले वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर संविधान लेखन प्रक्रियामा देखिएको गतिरोधमा चासो व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनाललाई उनकै निवास डल्लुमा पुगेर रेले भेटेका थिए । मंगलबार विहान भएको भेटवार्तामा राजदूत रेले पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण एवम् आपसी हित र चासोको विषयमा जिज्ञासा राखेको खनालको निजी सचिवालयले जनाएको छ ।

नेता खनालले नयाँ संविधान आगामी माघ ८ गते नै जारी गर्नका लागि दलहरुबीच संवाद जारी रहेको जानकारी गराएका थिए । तोकिएकै समयमा सहमतीय प्रक्रियाबाट संविधान जारी गरी देशमा आर्थिक विकास गर्न एमाले प्रतिबद्ध रहेको खनालले बताएको उनको स्वकीय  सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?