८ पुस काठमाडौं । बैंक र रेमिटान्स व्यवसायमा संलग्न आइएमइ समूह इन्स्योरेन्समा पनि प्रवेश गरेको छ ।
आइएमइ समूहले समस्याग्रस्त अवस्थामा रहेको एनबी इन्स्योरेन्सको ५७ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । एनबीको १४ करोड चुक्ता पुँजीमध्ये आइएमइ समूहले साढे ७ करोड रुपैयाँ लगानी गरेको हो । समूहले प्रतिकत्ता ८१ रूपैयाँ ५० पैसाका दरले किनेको हो ।
सर्वसाधारणको सहित गर्दा एनबीको ४६ प्रतशत सेयर स्वामित्व अाइएमइ समूहले लिएको छ ।
एनबीको उक्त सेयर आइएमइ समूहसँग सम्बन्धित व्यक्ति तथा कम्पनीको नाममा खरिद गरिएको छ । सोमबार मात्रै सबै रकमभुक्तानी भइसकेको समूहका एक सञ्चालकले अनलार्इनखबरलार्इ बताए । अागामी एकहप्तामा विधिवतरूपमा नामसारी भइसक्ने उनले जानकारी दिए ।
ती सञ्चालकका अनुसार हाथवे इन्भेष्टमेन्टले ५ प्रतिशत, नवराज नेपालका नाममा १२ प्रतिशत, गोकर्ण खतिवडाको नाममा १० प्रतिशत र अन्य २० प्रतिशत सेयर सुधा अर्याल, कुमार पौडेललगायतको नाममा आइएमइ समूहले खरिद गरेको हो । अर्को एक निर्जीबन बीमा कम्पनीका सिइओको नाममा एक प्रतिशत बढी सेयर किनिएको छ । ती सिइअोले कम्पनीका कर्मचारी व्यवस्थापनको जिम्मा लिएका छन ।
एनसीसी बैंकमा रहेको एनबी इन्स्योरेन्सको १० प्रतिशत अर्थात १ लाख ४६ हजार कित्ता सेयर बोलकबोलमार्फत हाथवे इन्भेष्टमेन्टले किनेको हो । १० प्रतिशत सेयर भने एनबी समूहका लक्षमीबहादुर र जीतबहादुर श्रेष्ठसँगै रहनेछ । कम्पनीमा २० प्रतिशत सर्वसाधारण सेयरधनीको लगानी छ ।
‘आइएमइ समूहले इन्सुरेन्स व्यवसायमा प्रवेश गर्ने योजना बनाइरहेको थियो भने एनबीलाई पनि डुब्नबाट बचाउनुपर्ने अबस्था थियो’ ती संचालकले भने- दुवैको परिस्थीति मिलेपछि सेयर किनबेच भएको हो ।’ बीमा समितिले नयाँ बीमा कम्पनीका लागि विगत केही वर्षदेखि इजाजत रोकेको छ ।
आागामी चैत सम्ममा एनबी इस्योरेन्सको नाम परिवर्तन गरेर ‘ग्लोवल इन्स्योरेन्स’को नामबाट सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । विषेश साधारणसभा गराएर नयाँ सञ्चालक समिति चयन गर्ने र कम्पनीको नाम फेर्न लागिएको हो ।
हकप्रदमार्फत पुँजी बढाईने
नयाँ समूहले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गरी चुक्ता पुँजी बढाउने योजना बनाएको छ । नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्यूनतम पूँजी २५ करोड हुनुपर्ने नियम बनाएको छ ।
तर, एनबीको चुक्ता पुँजी १४ करोड रुपैयाँ मात्रै छ । बीमा समितिले तोकिएको चुक्ता पुँजी पुर्याउन नसकेको लगायतका कारणमा एनबीलाई कारवाही गरेको थियो । बीमा समितिको कारवाही पश्चात एनबी एकवर्षदेखि बन्द अवस्थामा थियो । बीमा समितिको निर्देशन पालना गर्न नसकेपछि एनबी इन्योरेन्स खारेजीमा जाने सम्भावना थियो ।
अाइएमइ समूहको प्रवेसँगै कम्पनी खारेजीमा जानबाट रोकिएको छ । समूहका अध्यक्ष चन्द्र ढकाल हुन् । यो समूहले इन्टरनेसनल मनी एक्सप्रेस (आइएमइ), ग्लोवल आइएमई बैंकबाट आफ्नो समूहलाई स्थापित गरिसकेको छ । समूहले चन्द्रागिरी केवलकार सञ्चालन हुँदैछ भने अटोमोवाईल, ग्यास लगायतका क्षेत्रमा पनि आईएमई समूहको लगानी छ ।
प्रतिक्रिया 4