Comments Add Comment

अर्थमन्त्रीद्धारा कोरियालाई पूर्वाधारमा लगानी बढाउन आग्रह

Finance९ पुस काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले कोरियाली लगानीकर्तालाई नेपालको पुर्वाधार क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन । दक्षिण कोरियाका राष्ट्रिय सभाका अध्यक्ष सुङ हि सुको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोली र महतबीच अर्थमन्त्रालयमा भएको छलफलमा अर्थमन्त्रीले यस्तो आग्रह गरेका छन ।

कोरियाले एक्जिम बैंकमार्फत नेपाललाई उपलब्ध गराउदै आएको सहयोग सानो भएको उल्लेख गर्दै अर्थमन्त्रीले कोरियाको आर्थिक क्षमता राम्रो भएकोले नेपाललाई सहयोग बढाउन उनले आग्रह गरे ।

नेपालले विशेषगरी सडक, उर्जा र जलविद्युत जस्ता पूर्वाधारका क्षेत्रमा लगानी बढाइरहेको र यही क्षेत्रमा बढी साधन र स्रोतको खाँचो भएको अर्थमन्त्रीले बताए ।

उनले नेपालले कृषि, पर्यटन र जलविद्युतको द्रुत विकास गरी विकासशील मुलुकको दाँजोमा पुग्नेगरी यी क्षेत्रमा लगानी बढाइरहेको जानकारी दिए । सो अवसरमा महतले छलफलमा सहभागी कोरियाका लगानीकर्ताहरुलाई नेपाल सरकारले ठूलो महत्वका साथ अगाडि सारेको निजगढको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी गर्न आग्रह पनि गरे ।

नेपालले विदेशी लगानीकर्ताहरुलाई आकषिर्त गर्ने नीति लिएको उनले जानकारी गराउँदै महतले भने -त्यसैले तपाईहरुमार्फत म कोरियाका लगानीकर्ताहरुलाई पनि नेपालको विद्युत उत्पादन तथा विमानस्थल जस्ता पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु ।

सो अवसरमा दक्षिण कोरियाको राष्ट्रिय सभाका अध्यक्ष सुले हिमाली दृश्यावलोकन गरेको र नेपाल संसारमै सुन्दर मुलुक रहेको बताए । नेपालले पर्यटन क्षेत्रको विकासबाट लाभ लिने विश्वास व्यक्त गरे । कोरियाली लगानीकर्ताहरु नेपालको विकास निर्माणका क्षेत्रमा आउन चाहेको उल्लेख गर्दै उनले दुबै पक्षलाई लाभ पुग्ने क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।

कोरियाले साठीको दशकमा लागू गरेको योजनावद्ध विकासले संसारको १२ औं ठूलो अर्थतन्त्रको रुपमा उदाएको जानकारी दिदै उहाँले नेपालले पनि योजनावद्ध विकास गरी छिटै समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment