+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सार्वजनिक यातायात प्रवर्द्धनका लागि छुट्टै कोष, मेट्रो रेल चलाए सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १७:३०

२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायातलाई प्रवद्र्धन गर्न छुट्टै कोष बनाउने भएको छ ।महानगरपालिका क्षेत्र भित्रका यातायात सेवालाई थप प्रवर्द्धन गर्न ‘यातायात प्रवर्द्धन कोष’ बनाउन लागिएको हो ।

हालै महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’मा यातायात प्रवर्द्धन कोष निर्माण सम्बन्धी व्यवस्था गरिएको छ । यो ऐन प्रमाणीकरण भइ एक महिनाभित्र कार्यान्वयनमा आउनेछ ।

यसरी गठन हुने कोषका लागि महानगरपालिकाले निश्चित रकम बिनियोजन गर्नेछ । यस्तै संघ, प्रदेश सरकारले यातायात क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहलाई दिने रकम पनि यहि कोषमा जम्मा गरिनेछ ।

महानगरपालिकाले बनाएको सवारी तथा यातायात व्यवस्थापन ऐनबमोजिम सार्वजनिक यातायात सञ्चालक कम्पनी वा संस्था, चालक, सहचालकहरुबाट जरिवाना वापत संकलन हुने रकम पनि यही कोषमा जम्मा हुनेछ ।

यस्तै स्वदेशी तथा विदेशी संघ संस्था, व्यक्तिबाट यातायात क्षेत्र प्रवद्र्धनका लागि प्राप्त हुने र अन्य स्रोतबाट रकम पनि कोषमा जम्मा गरिनेछ ।

कोष सञ्चालनका लागि उक्त ऐनमा व्यवस्था गरिएबमोजिम महानगरपालिकाले तोकेको नगरकार्यपालिकाको सदस्यको संयोजकत्वमा समिति गठन गरिनेछ ।

सवारी तथा यातायात व्यवस्थापनको लागि गठन हुने अनुगमन समितिको संयोजकले नै कोषको नेतृत्व लिने व्यवस्था गरिएको हो ।

समितिमा प्रमुखले तोकेको नगर कार्यपालिकाको एकजना महिला सदस्य, लेखा प्रमुख वा उसले तोकेको लेखा अधिकृत, नगर प्रहरी प्रमुख सदस्य रहनेछन् भने विभागीय प्रमुख समितिको सदस्य सचिव रहनेछन् ।

कोषको समुचित प्रयोग गरी सहरी यातायात व्यवस्थापन गर्ने कार्यभार यो समितिलाई हुनेछ ।  समितिले गरेका काम कारवाहीको प्रतिवेदन प्रमुख मार्फत कार्यपालिकामा पेश गर्ने व्यवस्था ऐनमा छ ।

विशेष सहुलियतको व्यवस्था

महानगरपालिकाले अब सार्वजनिक प्रयोजनका ठूला सवारी साधन सञ्चालन गर्ने संस्था वा कम्पनीलाई विशेष सहुलियत समेत प्रदान गर्ने भएको छ ।

सहरी बस, विजुली बस, वातावरणमैत्री बस, केबुल काल, मोनो रेल, मेट्रो रेल जस्ता ठूला यातायातका साधनहरु सञ्चालनमा ल्याउने संस्था वा कम्पनीलाई तोकिए बमोजिम सहुलियत दिने भएको छ ।

यस्ता ठूला यातायातका सेवा प्रदायकलाई विशेष सहुलियत दिन महानगरपालिकाले ऐनमै व्यवस्था गरेको छ ।  हाल महानगरपालिकाले साझा यातायात प्रालिमा लगानी गरेको छ । साझामा काठमाडौंसँगै ललितपुर महानगरपालिकाले पनि सेयर किनेका छन् ।

तर, अहिलेसम्म कुनै सार्वजनिक यातायात सेवा प्रदायकलाई महानगरपालिकाले अनुदान वा सहुलियत भने दिएको छैन ।

अब नयाँ ऐनमै ठूला यातायात सेवा प्रदायकलाई विशेष सहुलियत दिने व्यवस्था समेटिएको छ । यसले सार्वजनिक यातायात प्रवर्द्धनमा सघाउ पुग्ने महाननगरपालिकाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?