+
+
Shares

बाल दिवसमा द्वन्द्व तथा आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जलि

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा सिजपले सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन गरी द्वन्द्व, हिंसा र आन्दोलनमा ज्यान गुमाएका बालबालिकालाई श्रद्धाञ्जली अर्पण गरेको छ।

राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौंको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन गरी मृतक बालबालिकालाई श्रद्धाञ्जलि दिइएको हो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बाल दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यस वर्ष बाल दिवसका अन्य कार्यक्रमहरू हुन सकेनन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बालबालिका र विद्यालयहरू शान्तिक्षेत्र भएको बताए । ‘बालबालिका हाम्रो राष्ट्रिय गौरव हुन्’ पौडेलले भने, ‘उनीहरूको संरक्षण र संवर्द्धन गर्नु सरकार, घरपरिवार र समुदाय सबैको साझा दायित्व हो।’

भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको उनको भनाइ छ। ‘फेक सूचनाका कारण उनीहरूमा त्रास फैलिएको छ’ उनी भन्छन्, ‘अब विद्यालयमा शान्ति शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्छ।’

कार्यक्रममा बोल्दै बालअधिकारकर्मी कुमार भट्टराई, प्रलाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेको बताए ।

सहभागीहरूले विद्यालय र बालबालिका शान्तिक्षेत्र कायम गर्नुपर्ने, कुनै पनि आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग नगर्न सुझाव दिए । राजनीतिक दल तथा युवा पुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा थप सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

हालैको जेनजी आन्दोलनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने १८ वर्षमुनिका ४ जनाले ज्यान गुमाए ।

संयुक्त राष्ट्रसंघको बालअधिकार सम्बन्धी महासन्धी सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो। नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो। प्रत्येक वर्षनेपालमा बाल दिवस मनाउने प्रचलन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?