Comments Add Comment

बिजनेस समाचार

List Grid
पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

२ कात्तिक, पोखरा । कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले पोखरामा यसरी नै हावामा वेग मार्न थालेका छन् । सराङकोटबाट आखैंअघि हिमाल, जंगल, बस्ती, खोलाको दृश्यावलोकन गर्दै हेमजासम्म सुपरम्यम जिपफ्लाइङ शुरू […]

नेप्से ७७ अंकले घट्यो, यी कम्पनीले भने कमाए

२ कात्तिक, काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ । मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको नेप्से परिसूचक मध्यान्ह १०७ अंकसम्म घटेको थियो । पछि थामिएको बजार अन्तमा ७७ […]

कोभिडपछि बन्दीपुरको पर्यटन : व्यवसायी उत्साहित

२ कार्तिक, तनहुँ । कोरोनाको कारण मारमा परेको तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा दशैंको अवसरमा आन्तरिक पर्यटकको निकै घुइँचो लागेपछि व्यवसायीहरु उत्साहित भएका छन् । बन्दीपुरमा दैनिक औसत ५ हजारभन्दा बढी आन्तरिक पर्यटकहरु आउने गरेका छन् । समूह-समूह बनाएर आन्तरिक पर्यटकहरु बन्दीपुर घुम्न आएका छन् । यहाँका होटल, होमस्टे तथा विभिन्न गेष्ट हाउसमा पर्यटकहरु खचाखच रहेका छन् […]

नेप्से परिसूचक लगातार घट्दो क्रममा

२ कात्तिक, काठमाडौं । ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ । दशैं बिदा पछि बजार खुलेको पहिलो दिन आयतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । दोस्रो दिन अर्थात सोमबार भने बैंकहहरुले ब्याजदर बढाएको सूचना […]

दशैं विदाका पर्यटकले सौराहाका होटल व्यवसायी उत्साही

२ कात्तिक, चितवन । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले नवमी, दशमी र एकादशीको दिन सौराहाका होटलको अकुपेन्सी दर निकै राम्रो […]

राष्ट्रिय निकुञ्ज आसपास फस्टाउँदैछ आतिथ्य उद्योग

१ कार्तिक, काठमाडौं । पर्या–पर्यटनमा आधारित पर्यटकीय गतिविधि बिस्तार भएसँगै राष्ट्रिय निकुञ्ज आम्दानीको वैकल्पिक स्रोतका रुपमा स्थापित हुन थालेका छन् । सरकारले मध्यवर्ती क्षेत्रमा पर्यटकको सेवा–सुविधा उपलब्ध गराउन होटेल, रिर्सोट तथा होमस्टे सञ्‍चालनको अनुमति दिएको छ । नेपालका राष्ट्रिय निकुञ्जमध्ये सबैभन्दा बढी व्यस्त निकुन्ज चितवन र बर्दिया हुन् । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८ […]

मेलम्ची पुनर्स्थापनाको काम तत्कालै शुरु नहुने

१ कात्तिक, काठमाडौं । बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम दशैंलगत्तै अघि नबढ्ने भएको छ । आगामी वैशाखसम्म पानी ल्याउने योजनाअनुसार दशैंलगत्तै काम शुरू गर्ने भनिएपनि नयाँ ठेक्का लगाउनेबारे अहिलेसम्म निर्णय भएको छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्ययोजना प्रस्ताव […]

ब्याजदरको वृद्धिको असर : नेप्से परिसूचक उच्च अंकले घट्यो

१ कात्तिक, काठमाडौं । बैंकको ब्याजदर वृद्धिको असर शेयर बजारमा देखिएको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव हुँदा अहिले बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर पछिल्लो तीन वर्ष यताकै उच्च देखिएको छ । यसको नकरात्मक असर अनुरुप शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले […]

सेप्टेम्बरमा भारतभित्र धेरै बिक्री भएको एसयूभीमा टाटाको ‘नेक्सन’

२० असोज, काठमाडौं । टाटा नेक्सन पहिलोपटक सेप्टेम्बरमा भारतमा सबैभन्दा धेरै बिक्री हुने मोडल बनेको छ । उक्त महिनामा यो मोडलको गत सेप्टेम्बरमा नौ हजार २११ एकाइ कार बिक्री भएको हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो मोडलको व्यापार ५३.३ प्रतिशतले बढेको हो । सेप्टेम्बरमा यात्रुवाहक कार उद्योगको समग्र व्यापारमा ३६.६ प्रतिशतको गिरावट आएको […]

एनटीसीले ल्यायो अटम अफरः ६ सयमा महिनाभर डाटा र भ्वाइस सेवा

नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डेटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ। यो अफर कात्तिक १ गतेदेखि ९० दिन लागू हुने टेलिकमले जनाएको छ। सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ। […]

दशैं बिदापछि सोमबारबाट खुल्यो सुन चाँदी बजार

१ कात्तिक, काठमाडौं । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो […]

पुसदेखि लागु हुने गरी विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो

१ कात्तिक, काठमाडौं । नेपालमा विदेशी नागरिकले तिर्नुपर्ने हवाई भाडादर घट्ने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो । कम्पनीका अनुसार डलर फेयर करीव ५० प्रतिशत हाराहारी घटाउने निर्णय भएको हो । यसले पर्यटक आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा समेत कम्पनीले लिएको छ । नेपालमा […]

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ । बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च […]

११ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु छ […]

बैंकर उपेन्द्र पौड्याल : जो डाक्टर बन्न चाहन्थे

आकर्षक अफर आउँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बैंक बदल्नु स्वाभाविकै हो । उपेन्द्र पौड्यालले भने अन्य क्षेत्रबाट देशको सेवा गर्ने भन्दै चार वर्ष अघि एनमएमबि बैंकको नेतृत्वबाट बिदा लिएका थिए । बैंकिङ क्षेत्रमा ३ दशक बिताएका, वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहिसकेका र विद्वान बैंकरको छवि बनाएका पौड्यालले त्यसरी ‘करियर’ […]

९० करोडमा तयार भयो नागरिक लगानी कोषको नयाँ भवन

३१ असोज, काठमाडौं । नागरिक लगानी कोषले करिब ९० करोड रुपैयाँ लागतमा नयाँ बानेश्वरमा कार्यालय भवन तयार गरेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्व ६ रोपनी जग्गामा कोषले भवन बनाएको हो । अहिले नयाँ बानेश्वरमै रहेको पुरानो भवनबाट प्रशासनिक काम गर्दै आएको छ । कोषका अनुसार भवन निर्माणको काम लगभग सकिएको छ र […]

उदयपुरको रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

३१ असोज, उदयपुर। उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको मध्य पहाडी क्षेत्रको रौता गाउँपालिकाको रौता क्षेत्रमा बिहीबारदेखि नै घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यो क्षेत्रमा अहिले आन्तरिक पर्यटकको भिडभाड हुने गरेको (होमस्टे) घरबास सञ्चालक दुर्गा मगरले बताए । बिहीबारदेखि […]

हुवासिन सिमेन्ट उद्योगलाई विद्युत दिने स्वीचिङ स्टेसन सञ्चालनमा

३१ असोज, काठमाडौं । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका-६मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । तनहुँस्थिति तल्लो मस्र्याङदी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ […]

दशैं पछिको पहिलो शेयर कारोबार : दोहोरो अंकले बढ्यो परिसूचक

३१ असोज, काठमाडौं । दशैं बिदा पछि कारोबार खुला भएको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको छ । […]

पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो

३१ असोज, पाल्पा । रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ । विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने माध्यम बनेको छ, फनपार्क […]

सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा गुप्ता

३१ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता मनोनित भएका छन् । बैंकको गत २५ गते बसेको सञ्चालक समिति बैठकले गुप्तालाई सर्वसाधारण समूहतर्फबाट सञ्चालकमा मनोनित गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेठले जानकारी दिए । बैंकमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक सञ्चालक पद रिक्त थियो । रित्तः ठाउँमा सञ्चालक समितिले गुप्तालाई […]